"मानव अधिकार एलायन्स कर्णाली प्रदेशको दोस्रो वार्षिक सभा सम्पन्न"
कर्णाली प्रदेश, सुर्खेत – मानव अधिकार एलायन्स कर्णाली प्रदेशको दोस्रो वार्षिक सभा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम मानव अधिकार एलायन्स कर्णाली प्रदेशका अध्यक्ष नविन कुमार शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो। सभामा एलायन्सका केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज टीकाराम आचार्य प्रमुख अतिथि रहेका थिए भने, नेकपा एमाले स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इञ्चार्ज गोरख बोगटी प्रमुख वक्ता थिए।
विशेष वक्ताका रूपमा नेकपा एमाले केन्द्रीय सदस्य तथा वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहन माया ढकाल रहनु भएको थियो। साथै, वक्ता रूपमा नेकपा एमाले प्रदेश कमिटी सचिव तथा अनेमसंघ कर्णाली प्रदेश अध्यक्ष पद्मा खड्का, नेकपा एमाले सुर्खेत जिल्ला कमिटी उपाध्यक्ष मोहन बडुवाल लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो।
कार्यक्रममा केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी पदाधिकारी, जिल्ला कमिटी अध्यक्ष तथा पदाधिकारीहरू, स्थानीय तहका प्रतिनिधिहरू, गैसस महासंघका जिल्ला अध्यक्ष तथा सदस्यहरू, प्रेस चौतारीका पदाधिकारीहरू, साथै अन्य नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभाको क्रममा विभिन्न विषयमा छलफल गर्दै पाँच बुँदे घोषणापत्र जारी गरिएको छ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग, सुझाव, तथा समर्थन गर्ने सम्पूर्ण महानुभावहरूलाई मानव अधिकार एलायन्स कर्णाली प्रदेशका अध्यक्ष नविन कुमार शाहीले हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ।