७० सिट मध्य भाजपाले बहुमत अर्थात ४४ सिटमा अग्रता बनाएको छ। त्यस्तै गत निर्वाचनमा एक्लौटी जित हासिल गरेको आम आदमी पार्टीले २५ सिटमा ग्रता बनाएको छ।
त्यस्तै काँग्रेसले १ सिटमा अग्रता बनाएको छ। यो सँगै सबै ७० सिटको प्रारम्भिक नतिजा आएको छ।
दिल्लीमा ५ फेब्रुअरीमा ७० सिटमा चुनाव भएको थियो। जसमा ६०.५४ प्रतिशत मतदान भएको थियो।
एक्जिट पोलहरुले २७ वर्षपछि भाजपाले दिल्लीमा सरकार बनाउने आँकलन गरेका थिए। १२ बजे सम्ममा दिल्लीमा कसको सरकार बन्ने छ भन्ने तय हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।