नेभिगेशन
समाचार

गठबन्धन नेताहरू र प्रधानमन्त्रीबीच जाजरकोट नलगाड जलाशययुक्त आयोजना विषयक छलफल

गठबन्धन नेताहरू र प्रधानमन्त्रीबीच जाजरकोट नलगाड जलाशययुक्त आयोजना विषयक छलफल

गठबन्धन नेताहरू र प्रधानमन्त्रीबीच जाजरकोट नलगाड जलाशययुक्त आयोजना विषयक छलफल

काठमाडौं । गठबन्धन नेताहरूको एक प्रतिनिधिमण्डलले सम्माननीय प्रधानमन्त्रीसँग भेट गर्दै जाजरकोट नलगाड जलाशययुक्त आयोजना (४१७ मेगावाट) अगाडि बढाउने सन्दर्भमा महत्वपूर्ण छलफल गरेको छ।

प्रतिनिधिमण्डलको नेतृत्व निरज आचार्यले गरेका थिए। छलफलका क्रममा नेताहरूले आयोजना प्रभावित स्थानीय बासिन्दाहरूको उचित व्यवस्थापनका लागि आवश्यक कदम चाल्न आग्रह गरेका छन्।

क्षतिपूर्ति (मुआब्जा) बिना संरचनात्मक ह्रास नगर्न माग
नेताहरूले परियोजनाबाट प्रभावित हुने घर, गोठ, तथा अन्य संरचनाहरूको ह्रास कटौती नगरी उचित मुआब्जा उपलब्ध गराउन विशेष आग्रह गरेका छन्।

प्रधानमन्त्रीले आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको स्रोतले जनाएको छ। यस आयोजनाले जाजरकोट र आसपासका क्षेत्रको ऊर्जा उत्पादनमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update