सहकारी ठगी प्रकरणमा मुद्दा खेपेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चारवटा जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् ।
कास्की , काठमाडौँ, रुपन्देही हुँदै चितवन जिल्ला अदालतबाट लामिछाने धरौटीमा रिहा भएका हुन् ।
कास्की , काठमाडौँ, रुपन्देही हुँदै चितवन जिल्ला अदालतबाट लामिछाने धरौटीमा रिहा भएका हुन् ।रविविरुद्ध पर्साको सानोपाइला सहकारीको ठगीमा अनुसन्धान चलिरहेको छ । विभिन्न सहकारीबाट गोर्खा मिडियामा रकम ल्याएर बचत दुरुपयोग गरेको अभियोगमा लामिछानेमाथि पाँच जिल्लामा पक्राउ पुर्जी जारी र अनुसन्धान भएको थियो ।अनुसन्धान भएका सबै जिल्ला अदालतमा उनले थुनामै रहेर प्रारम्भिक बयान दिएका थिए । प्रारम्भिक बयानपछि अदालतमा दर्ता भएको अभियोगपत्रका आधारमा भएका थुनछेक बहसमा भने उनी हरेक पटक धरौटीमा छुटेका छन् ।