नेभिगेशन
समाचार

प्रधानमन्त्री ओलिको नेतृत्वमा विकास र समृद्धि सम्भव: युवा नेता निरज आचार्य

प्रधानमन्त्री ओलिको नेतृत्वमा विकास र समृद्धि सम्भव: युवा नेता निरज आचार्य

प्रधानमन्त्री ओलिको नेतृत्वमा विकास र समृद्धि सम्भव: युवा नेता निरज आचार्य

काठमाडौं – एमालेका युवा नेता तथा निर्वाचन बिभाग प्रमुख  निरज आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलिको नेतृत्वमा देशले विकास र समृद्धिको लक्ष्य हासिल गर्न सक्ने बताएका छन्। नेता आचार्यका  अनुसार स्थिर सरकार, स्पष्ट नीति, र द्रुतगतिमा भइरहेका विकास परियोजनाहरू नै समृद्ध नेपालको आधारस्तम्भ हुन्।

आचार्यले भने, "प्रधानमन्त्री ओलिको नेतृत्वमा सरकारले देशका विभिन्न क्षेत्रमा ठूला पूर्वाधार विकास परियोजना अघि बढाइरहेको छ। यदि सरकारको निरन्तरता रह्यो भने नेपालले आर्थिक वृद्धिमा ठूलो फड्को मार्नेछ।"

उनले मेलम्ची खानेपानी आयोजना, जलविद्युत् उत्पादन, सडक पूर्वाधार, तथा डिजिटल नेपालको लक्ष्यलाई उदाहरण दिँदै, यी परियोजनाहरू पूरा भएमा देशले आर्थिक विकासमा उल्लेखनीय उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे।

त्यस्तै, युवा जनशक्तिलाई सही ढंगले परिचालन गर्न सकेमा रोजगारीको अवसर बढ्ने र देश आत्मनिर्भर बन्दै जाने उनको तर्क छ। आचार्यले भने "हामी युवाहरूले सरकारलाई सहयोग गर्नुपर्छ। मात्र आलोचना गरेर होइन, विकास निर्माणका कार्यमा सक्रिय भूमिका खेल्न जरुरी छ।"

सरकारको आर्थिक नीति, भौतिक पूर्वाधार विस्तार, र आधुनिक प्रविधिको उपयोगलाई बलियो बनाउँदै लगिए नेपाल चाँडै नै समृद्धिको मार्गमा अघि बढ्ने उनको विश्वास छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update