नेभिगेशन
प्रदेश

गृह मन्त्री लेखकले भने सत्यन्द्रको पूर्ण सुरक्षाको प्रत्याभूति हुन्छ :

गृहमन्त्री रमेश लेखकले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र र नेहाको विवाह प्रशंगलाई लिएर सांसदहरूले उठाएको प्रश्नको जवाफ दिएका छन् ।

गृहमन्त्री रमेश लेखकले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र र नेहाको विवाह प्रशंगलाई लिएर सांसदहरूले उठाएको प्रश्नको जवाफ दिएका छन् । जवाफ दिने क्रममा मन्त्री लेखकले समाचारमा आएजस्तो गृहमन्त्रीको निर्देशनमा अत्याचार भयो भन्नु सरासर कपोकल्पित र असत्य भएको प्रस्ट पारे । समाचार थाहा पाउनेवित्तिकै मैले गृह मन्त्रालयको तर्फबाट धारणा स्पष्ट पारिसकेको र नेपाल प्रहरीलाई सबै तथ्य सार्वजनिक गर्न निर्देशनअनुसार विवरण सार्वजनिक गरेको छ’, मन्त्री लेखकले भने, ‘तथापि त्रुटि देखिए छानबिन गर्न तयार छु । नेहा र सत्येन्द्रको पूर्ण सुरक्षाको प्रत्याभूति हुन्छ ।’ 

 

बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उक्त घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने बताएका थिए । त्यसक्रममा मन्त्री लेखकले अन्तरजातीय विवाहलाई कानुनले मान्यता दिएको र कार्यान्वयन गर्ने जिम्मेवारी गृह मन्त्रालयको भएको भन्दै मन्त्रालय कानुन कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताए । 

सर्लाहीका सत्यन्द्र कुमार राम चमार र नेहा रौनियारमाथि अन्तरजातीय विवाह गरेकै कारण अत्याचार गरेको भनेर आएका समाचारलाई लिएर सांसदहरूले गृहमन्त्रीको जवाफ माग गरेका थिए । सो घटनामा राज्यशक्तिको दुरुपयोग भएको सांसदहरूको भनाइ थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
कर्णाली प्रदेशमा ७२ किमी सडक कालोपत्रे, सुर्खेतमै सबैभन्दा बढी निर्माण

कर्णाली प्रदेशमा ७२ किमी सडक कालोपत्रे, सुर्खेतमै सबैभन्दा बढी निर्माण

बहुवर्षीय योजनामा पारदर्शिता र समयमै अनुमति प्रक्रिया सहज बनाउनुपर्ने ठेकेदारको योग्यता र समयपालनाको अनुगमन गर्न थप संयन्त्र आवश्यक ट्र्याक खोल्ने गतिसँगै ग्राभेल र कालोपत्रेमा प्राथमिकता दिनुपर्ने यसरी हेर्दा...
Weather Update