नेभिगेशन
समाचार

निर्वाचन आयोगले खटायो १६५ क्षेत्रमै निर्वाचन अधिकृत (सूचीसहित)

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत खटाएको छ।
निर्वाचन आयोगका अनुसार न्याय परिषद्को परामर्शमा ७७ जना न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तथा न्याय सेवाका ७७ जना सहसचिव र उपसचिवलाई निर्वाचन अधिकृतको रूपमा नियुक्त गरिएको हो।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले खटाइएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले आगामी माघ २ गतेदेखि सम्बन्धित निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update