नेभिगेशन
प्रदेश

नेपाललाई आईटी हब बनाउन आवश्यक नीति बनाउन सरकार तयार छः सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई आइटी हब बनाउन आवश्यक नीति,कानून र पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजना भएको ‘क्यान इन्फोटेक’ को ३० औं संस्करणको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन्। उनले नेपाललाई आइटी हबको रुपमा विकास गर्न आवश्यक नीति,कानून र पूर्वाधार निर्माणका लागि सहजिकरण गर्न मन्त्रालय तयार रहेको बताए। उनले सरकार र निजी क्षेत्रको सहकार्यमा नेपाललाई आईटी हबको रुपमा विकास गरी विश्वलाई चिनाउनु पर्नेमा जोड दिए।

उनले आईटी क्षेत्रबाट यो वर्ष गत वर्षको भन्दा धेरै राजश्व संकलन हुने विश्वास रहेको बताए। उनले सरकारले ल्याएको अध्यादेश प्रभावले राजश्व बढाउन सक्ने उल्लेख गरे। उनले नेपालमा पर्यटन भन्दा आईटी क्षेत्रको योगदान बढी हुने अवस्था रहेको बताए। उनले पर्यटनको कथा धेरै वर्ष भएपनि सन्तोषजनक प्रगति गर्न सकेको भन्दै पर्यटनमा पूर्वाधारको धेरै अभाव देखिएको बताए। पर्यटन विकासको लागि बनाएको दुई वटा विमानस्थल चलाउन नसकेको उनले स्वीकार गरे।

उनले भने,‘ सरकारले नेपालको आफ्नै स्याटालइट बनाउने भनेका छौं । नाष्ठका वैज्ञानिक भेट हुनु भएको थियो । नेपालका वैज्ञानिकहरुले बनाएको डिजाइन गरेको ५० किलो ग्रामको भारतको पनि सहयोगमा प्रक्षेपन गर्दैछौं भन्नुभयो । यो हाम्रो सुरुवात हो।  काम गर्ने वातावरण सरकारले बनायो भने वैज्ञानिक खोज्न नासामा जानु पर्दैन । मुलुकभित्रै उत्पादन हुने रहेछ । सरकारले त्यो काम गर्छ । यो वर्ष गत वर्षको भन्दा धेरै राजश्व संकलन हुने विश्वास छ । सरकारले ल्याएको अध्यादेश प्रभाव बनाउँछ । नेपालमा पर्यटन भन्दा आईटी क्षेत्रको योगदान बढी हुने भयो । पर्यटनको कथा भनेको धेरै भयो तर सन्तोषजनक प्रगति गर्न सकेका छैनौं । पूर्वाधारको धेरै अभाव देखिन्छ । बनाएको दुई वटा विमानस्थल चलाउन नसकेका छैनौं । आईटी क्षेत्र भर्खर सुरु गरेका छौं । आईटी क्षेत्रलाई आईटी हपका रुपमा विकास गर्न आवश्यक नीति,कानून र पूर्वाधार निर्माणका लागि सहजिकरण गर्न मन्त्रालय तयार छ । तपाईहरु मेहनत र हिम्मतका साथ काम गर्नुस् । नेपाललाई आइटी हपको रुपमा चिनाउनु पर्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update