नेभिगेशन
समाचार

‘नेपो बेबी’ अभियानदेखि अन्तरिम सरकारसम्म : जेन–जीको ऐतिहासिक आन्दोलन एक एक घटना को विवरण सहित

जेन–जीले सुरु गरेको ‘नेपो बेबी’अभियान सामाजिक सञ्जाल हुँदै सडकमा पुगेर आन्दोलनको रुपलियो । २३ भदौको बिहान ९ बजे माइतीघरबाट सुरु भएको आन्दोलनले २७ घण्टामा संघीय संसद भवन, देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार, राष्ट्रपति निवास, प्रधानमन्त्री निवासदेखि सर्वोच्च अदालतसम्म खरानी बन्यो ।

त्यतिमात्रै नभएर विशिष्ट व्यक्तिका निजीनिवास र निजीक्षेत्रको खर्बौँ लगानी माटोमा मिल्यो । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि अधिकांश राजनीतिज्ञहरूको भागाभाग भयो । आमनागरिक घरमा थुनिए सडकमा सेना अवतरण भयो ।यही नेपाली सेनाको समन्वयमा देशले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व सुम्पियो । कार्कीको नेतृत्वमा मुलुकमा नयाँ अध्याय सुरु भएको छ ।

सामाजिक सञ्जालको अभियानदेखि मुलुकमा नयाँ अध्याय सुरु हुँदासम्म देशले बिर्सनलायक घटनाहरू भोग्यो । जेन–जी आन्दोलनले केही उपलब्धि पनि पायो । यहाँ जेन– जी आन्दोलनमा भएका उथलपुथलहरू टाइम लाइनमा प्रस्तुत गरिएको छ ।

आन्दोलनअघि,
सरकारले डेढ वर्षदेखि फेसबुक, ह्वाट्सएप, एक्स (पूर्व ट्विटर), युट्युबलगायत सामाजिक सञ्जाललाई नेपालमा दर्ता भएर मात्रै सञ्चाल गर्न आग्रह गरिरहेको थियो । तर, टिकटक (बाध्यकारी अवस्थापछि) र भाइबर अरुले दर्ता हुन मानेनन्। पटकपटकआग्रह गर्दा पनि दर्ता हुन नआएपछि ९ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले १२ भदौदेखि लागू हुने गरी एक हप्ताभित्र अनिवार्य दर्ता हुन भन्यो । दर्ता नभए प्रतिबन्ध लगाउने चेतावनी दियो । त्यस अवधिमा कुनै पनि सामाजिक सञ्जालले दर्ताको लागि सम्पर्क गरेनन् । अन्तत: १९ भदौमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता नभएका २६ वटा सामाजिक सञ्जाल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठायो । र, नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल पूर्ण रूपमा बन्द भए ।

२० भदौमा जेन– जी टिकटकबाट ‘नेपो बेबी’ अभियान चलाए । यस अभियानअन्तर्गत जेन– जीहरूले नेता नेताका सन्तानको विलासी जीवनशैलीको विरोध गरेका थिए । २० भदौमै उनीहरूले घोषणा गरे,–२३ भदौमा भ्रष्टाचार, बेथिति र नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शन गरे । यो अभियानको सामाजिक सञ्जालमा व्यापक चर्चा भयो । सामाजिक सञ्जाल चलाउन नपाएर आक्रोशित युवाहरू अभियानको पक्षमा उभिए । नेता, राज्यका सम्मानित व्यक्तित्वहरू, जनप्रतिनिधि, कलाकारलगायत धेरैले आन्दोलनलाई समर्थन गर्ने प्रतिबद्धता जनाए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह त ‘यो आन्दोलनको नेतृत्वकर्ता आफू नै हो’ भन्ने गरी प्रस्तुत भए । आन्दोलनमा सहभागी हुन पटक–पटक आह्वान गरे । ‘यो आन्दोलन बालेनको हो’ भन्नेगरी चर्चा भयो । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समेत आफ्नो प्रभाव देखाउने चेष्टा गरे ।अन्तत:२३ भदौको बिहान युवाहरू माइतीघरमा भेला हुन थाले । सुरुमा माइतीघरमा भेला हुनेमा पोसाकसहितका विद्यार्थी र केही सेलिब्रेटी थिए । त्यसपछि एक–एक हुल गर्दै युवाहरू भेला हुन थाले ।
टाइम लाइन :
२३ भदौ २०८२

बिहान०९:०० बजे–

माइतीघर मण्डलामा पोसाकसहितका विद्यार्थीसहित युवाहरू भेला हुन्छन् । उनीहरूले सरकारविरुद्ध नाराबाजी गर्छन् । उनीहरूका नाराबाजी आक्रोशमूलक नभएर दबाबमूलक हुन्छन् । यही समयमा देशका अरु स्थानहरूमा पनि विद्यार्थीले विरोध प्रदर्शन गरिरहेका हुन्छन् । जस्तै: विराटनगरमा, हेटौँडामा, पोखरामा, सुर्खेतमा, धनगढीमा ।

बिहान १०:२४ बजे–

आन्दोलन माइतीघर मण्डलाबाट नयाँ बानेश्वर बढ्छ । नयाँबानेश्वर पुगेका प्रदर्शनकारीलाई प्रहरीले एनआईसी एसिया बैंक भएको घर आगाडिनै रोक्छ । त्यही रोकिएका प्रदर्शनकारीहरूले सुरुमा शान्तिपूर्ण आन्दोलन गरिरहेका हुन्छन् ।त्यहाँ शान्तिपूर्ण आन्दोलन भइरहँदा बबरमहलतिरबाट आएका अरु ठूला हुलहरू पनि त्यसमै मिसिन्छन् । अनि, आन्दोलनले ठूलो रूप लिन्छ ।

बिहान ११ : ३० बजे–
यतिबेला केही आन्दोलनकारीहरू एक–एक गर्दै प्रहरीको सुरक्षाघेरा छलेर नयाँ बानेश्वरचोकतिर बढ्छन् । उनीहरूलाई प्रहरीले पनि कडाइ गर्दैन । किनभने, उनीहरूले प्रहरीलाई भनेका हुन्छन्–‘हामी घर फर्किन लागेको ।’
सुरक्षाघेरा तोडेर सयौँ युवा नयाँ बानेश्वरचोकमा भेला हुँदा पनि प्रहरीले खास्सै चासो दिँदैन, जबकि त्यो निषेधित क्षेत्र हो ।
त्यसपछि बबरमहलतिरबाट २०–२५ वटा बाइकमा ठूलो आवाजसहित आएका केही युवा नयाँ बानेश्वरचोकसम्म पुग्छन् । उनीहरूलाई प्रहरीले रोक्दैन । ती बाइकमा रहेका युवाहरू फर्किएर बबरमहल जान्छन् । र, आन्दोलनकारीहरूले सुरक्षा घेरा तोड्छन् ।

दिउँसो १२ : ४० बजे–
आन्दोलनकारीले प्रहरीमाथि ढुङ्गा र पानीका बोतल प्रहार गर्न थाल्छन् ।

दिउँसो १२ : ४५ बजे–
प्रहरीले अश्रुग्यास प्रहार गरेर भीडलाई तितरबितर गराउँछ ।

दिउँसो १२ : ५० बजे–
आन्दोलनकारीहरू संघीय संसद भवनअगाडि पुग्छन् ।
दिउँसो १३ : ०७ बजे–
आन्दोलनकारी संघीय संसद भवनभित्र प्रवेश ।
दिउँसो १३ : ३० बजे–
नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु ।
दिउँसो १३ : ३८–
पहिलोपटक संसद भवनमा प्रहरीले गोली चलाउँछ ।
दिउँसो १३ : ४८ बजे –
प्रदर्शनकारीद्वारा संसद भवनमा तोडफोड । यतिबेला प्रहरीले गोली चलाइरहेको हुन्छ । जसक्रममा प्रदर्शनकारी, सर्वसाधारण र पत्रकारलाई पनि रबरको गोली लाग्छ । घाइतेलाई नजिकको सिभिल अस्पतालमा लग्ने क्रमा जारी रहन्छ ।
दिउँसो १३ : ५१ बजे–
दमकमा गोली चल्छ ।
दिउँसो ०१ : १४ बजे–
बानेश्वरमा सेनाको उपस्थिति हुन्छ ।
दिउँसो ०२ : ३९ बजे–
पहिलोपटक गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा मृत्यु ।
दिउँसो ०२ : ०० बजे
गोली लागेर एक जनाको मृत्यु भएपछि आन्दोलन झन बढी चर्किन्छ ।
दिउँसो ०२ : १३ बजे–
मीनभवनस्थित यातायात कार्यालयमा प्रदर्शनकारीले आगजनी गर्छन् ।
दिउँसो ०२ : २० बजे–
अर्का एक व्यक्तिमाथि पनि प्रहरीले गोली चलाउँछ ।
दिउँसो ०२ : २७ बजे–
सिभिल अस्पतालमा आन्दोनका घाइतेहरू भरिएपछि घाइते अन्य अस्पतालमा लैजान सुरु गरिन्छ ।
दिउँसो ०२ : ३० बजे–
आन्दोलनकारीहरूले बानेश्वरका घरहरूमा तोडफोड गरेर निजी सम्पत्तिमाथि पनि क्षति गर्न थाल्छ्न ।
दिउँसो ०२ : ३२ बजे–
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालद्वार सार्वजनिक सम्पत्तिमा क्षति गर्नेमाथि गोली चलाउन आदेश ।
दिउँसो ०२ : ३८ बजे–
घाइते भएका अर्का व्यक्तिको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु
(यस समयमा संघीय राजधानीबाहिरका शहरहरूमा पनि आन्दोलन चर्किरहेको हुन्छ । जस्तै : प्रदेश कार्यालयहरू तोडफोड ।
दिउँसो ०२ : ५५ बजे–
मृत्यु हुनेको संख्या चार पुग्छ ।
दिउँसो ०३ : १० बजे–
केएमसी अस्पतालमा थप एक जनाको मृत्यु
दिउँसो ०३ : २० बजे–
प्रधानमन्त्रीकेपीशर्मा ओलीले मन्त्रिपरिषद्को नियमित बैठक बोलाउँछन्।
(यतिबेलासम्म विभिन्न राजनीतिक व्यक्तित्वहरूले आन्दोलनबारे अभिव्यक्ति दिन थालेका हुन्छन् । र, उनीहरूले प्रधानमन्त्री कपी शर्मा ओलीको राजीनामा माग्न थाल्छन् ।)
दिउँसो ०३ : २८ बजे–
मृत्यु हुनेको संख्या सात पुग्छ ।
दिउँसो ०३ : ३२ बजे–
नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको आकस्मिक बैठक बोलाउँछ ।
दिउँसो ०३ : ३२ बजे–
मृत्यु हुनेको संख्या नौ पुग्छ ।
दिउँसो ०३ : ३६ बजे–

सुनसरीको इटहरीमा गोली चल्छ । यहाँ गोली लागेर दुई जनाको मृत्यु हुन्छ ।
दिउँसो ०३ : ४३ बजे–
मृत्यु हुनेको संख्या १३ पुग्छ । यतिबेला घाइतेको संख्या ५० भन्दा बढी पुगेको हुन्छ ।
(यतिबेला काठमाडौं बाहिरका जिल्लाहरूमा पनि कर्फ्यु लाग्न थालेको हुन्छ ।)
दिउँसो ०४ : ५४ बजे–
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घाइतेको नि: शुल्क उपचार गर्ने घोषणा गर्छ ।
साँझ ०५ : ०० बजे–
नेकपा माओवादी केन्द्रले आफ्नो जागरण अभियान स्थगित गरेर पार्टीको आकस्मिक बैठक बोलाउँछ ।
(यतिबेला काठमाडौंसहित देशका विभिन्न जिल्लामा आन्दोलन झनै चर्किएको हुन्छ । आन्दोलनकारीले झापाको दमकमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा तोडफोड गर्न थाल्छन् ।)
साँझ ०५ : १० बजे–
माओवादीले प्रधानमन्त्रीको राजीनामा माग गर्छ ।
साँझ ०५ : ५० बजे–
राष्ट्रिय मानवअधिकार आयोगले विज्ञप्ति जारी गर्छ । र, भन्छ– सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग ग¥यो ।
साँझ ०६ : ०० बजे

राष्ट्रिय मानवअधिकार आयोगले विज्ञप्ति जारी गर्छ । र, भन्छ– सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग ग¥यो ।
साँझ ०६ : ०० बजे
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा पार्टीका सबै औपचारिक कार्यक्रम स्थगित ।
साँझ ०६ : ०१ बजे–
मृत्यु हुनेको संख्या १८ पुग्छ । अस्पतालमा २५० बढी घाइते भर्ना हुन्छन् ।
साँझ ०६ : ५४ बजे–
काठमाडौंमा १७ र सुनसरीमा दुई गरी मृतकको संख्या १९ पुग्छ ।
साँझ ०६ : ५७ बजे–
रास्वापाद्वारा अर्ली इलेक्सनमाग
साँझ ०७ : ०० बजे–
बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी
साँझ ०८ : २३ बजे–
मन्त्रिपरिषद् बैठक सम्पन्न । बानेश्वर घटनाको छानबिन गर्न समिति गठन गर्ने । घाइतेको नि:शुल्क उपचार गर्ने । गृहमन्त्री रमेश लेखकद्वारा पदबाट राजीनामा ।
(मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई कायम राख्छ । यद्यपि, केही मन्त्रीहरू सामाजिक सञ्जाल खुलाउनुपर्ने तर्क राख्छन् तर ओली मान्दैनन् ।)
राति ०९ : ०० बजे–
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता हुन्छ ।
राति ०९ : २३ बजे–
राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस नोटमार्फत शान्ति र संयमतापूर्वक समस्याको समाधान गर्न अपिल गर्छन् ।
(सरकारले राति नै दूरसञ्चारलाई पत्राचार गरेर बन्द भएका सामाजिक सञ्जाल खुला गर्न भन्छ । भने, रातभरि प्रधानमन्त्री ओलीलाई राजीनामा दिन चौतर्फी दबाब दिइन्छ ।)

राति ११ : ३१ बजे–
प्रधानमन्त्री केपी शर्मा ओलीद्वार वक्तव्य जारी । वक्तव्यमार्फत बानेश्वर घटनाप्रति दु:ख व्यक्त ।
राति ११ : ४८ बजे–
नेकपा (माओवादी केन्द्र)द्वारा प्रधानमन्त्री ओलीको राजीनामा ।
२४ भदौ २०८२
बिहान ०७ : ४२ बजे–
जिल्ला प्रशासन काठमाडौंद्वारा चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यु जारी ।
(काठमाडौंमा कर्फ्यु जारी हुनुअगाडि नै आन्दोलनकारीहरू सडकमा उत्रिएका हुन्छन् ।)
बिहान ०९ : ३१ बजे–
पार्टी सभापति देउवाले सरकारलाई दिएको समर्थन फिर्ता लिन नमानेछि शेखर कोइरालाले चीनबाट आफू पक्षका नेताहरूलाई राजीनामा दिन निर्देशन दिन्छन् ।
(यतिबेलासम्म स्थिति असमान्य बनिरहेको हुन्छ । देशभरिका युवा सडकमा आन्दोलित हुन्छन् । सबै पार्टीले प्रधानमन्त्री ओलीको राजीनामा माग गरिरहेका हुन्छन् । तर, उनले राजीनामा नदिने अडान लिएर आफ्नो पार्टीका मन्त्रीहरूलाई सरकार नछाड्न ह्विप जारी गर्छन् ।)
बिहान १० : ३० बजे–
विपक्षी दलहरूको बैठक सम्पन्न । प्रधानमन्त्री ओलीको राजीनामा माग ।
(यतिबेलासम्म आन्दोलनकारीहरूले विभिन्न जिल्लाका सरकारी कार्यालयहरूमा आगजनी गरिरहेका हुन्छन् ।)
बिहान १० : ०९ बजे–
कृषिमन्त्री बलराम अधिकारीद्वारा पदबाट राजीनामा ।
बिहान १० : १३ बजे–
सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको घरमा आगजनी ।
बिहान १० : २६ बजे–
आन्दोलनकारीद्वारा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण’ निवासमा तोडफोड ।
बिहान १० : २७ बजे–
मानवअधिकार आयोगका पदाधिकारीहरू आकस्मिक छलफलमा ।
(यतिबेलासम्मा प्रदर्शनकारीहरूले अधिकांका नेताहरूका घरमा आगजनी गरेका थिए ।)
बिहान १० : ३० बजे–
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नयाँ बानेश्वरको मीन भवनअगाडि सडकमा देखा पर्छिन् ।

कार्कीले त्यहीँबाट सिभिल अस्पतालमा पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिन्छिन् ।)
बिहान ११ : २८ बजे–
भारतले विदेश मन्त्रालयमार्फत विज्ञप्ति जारी गरी नेपालको अवस्था नजिकबाट नियालिरहेको उल्लेख गर्छ ।
बिहान ११ : ३६ बजे–
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्रीसमेत रहेकी उनकी पत्नी डा. आरजु राणा देउवामाथि आन्दोलनकारीद्वारा आक्रमण र निवासमा आगजनी ।
बिहान ११ : ४० बजे–
च्यासलमा रहेको एमाले पार्टी कार्यालयमा आक्रमणकारीद्वारा तोडफोड ।
बिहान ११ : ४१ बजे–
गृहमन्त्रीबाट राजीनामा दिइसकेका रमेश लेखकको चन्द्रागिरिस्थित घरमा आगजनी ।
बिहान ११ : ५० बजे–
खानेपानीमन्त्री प्रदीप यादवद्वारा पदबाट राजीनामा ।
मध्यह्न १२ : ०० बजे–
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सर्वदलीय बैठक आह्वान ।
मध्याह्न १२ : ०८ बजे–
रास्वपाका सबै सांसदद्वार पदबाट राजीनामा दिने घोषणा ।
मध्याह्न १२ : १० बजे–

कार्कीले त्यहीँबाट सिभिल अस्पतालमा पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिन्छिन् ।)
बिहान ११ : २८ बजे–
भारतले विदेश मन्त्रालयमार्फत विज्ञप्ति जारी गरी नेपालको अवस्था नजिकबाट नियालिरहेको उल्लेख गर्छ ।
बिहान ११ : ३६ बजे–
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्रीसमेत रहेकी उनकी पत्नी डा. आरजु राणा देउवामाथि आन्दोलनकारीद्वारा आक्रमण र निवासमा आगजनी ।
बिहान ११ : ४० बजे–
च्यासलमा रहेको एमाले पार्टी कार्यालयमा आक्रमणकारीद्वारा तोडफोड ।
बिहान ११ : ४१ बजे–
गृहमन्त्रीबाट राजीनामा दिइसकेका रमेश लेखकको चन्द्रागिरिस्थित घरमा आगजनी ।
बिहान ११ : ५० बजे–
खानेपानीमन्त्री प्रदीप यादवद्वारा पदबाट राजीनामा ।
मध्यह्न १२ : ०० बजे–
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सर्वदलीय बैठक आह्वान ।
मध्याह्न १२ : ०८ बजे–
रास्वपाका सबै सांसदद्वार पदबाट राजीनामा दिने घोषणा ।
मध्याह्न १२ : १० बजे–
कांग्रेस महामन्त्री गगनकुमार थापाको घरमा आगजनी ।
मध्यह्न १२ : ११ बजे–
कांग्रेस पार्टी कार्यालयमा आन्दोलनकारीद्वारा आगजनी ।
मध्याह्न १२ : ४० बजे–
शीर्ष नेता र मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्न सुरु ।
मध्याह्न १२ : ५५ बजे–
प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा प्रदर्शनकारीद्वारा आगजनी ।
मध्याह्न १२ : ५५ बजे–
भैँसेपाटीस्थित मन्त्रीक्वाटरमा आगजनी ।
दिउँसो ०१ : ०७ बजे–
राष्ट्रपति रामचन्द्र पौडेलको बोहराटारस्थित निजी निवासमा आगजनी ।
दिउँसो ०१ : ११ बजे–
च्यासलस्थित एमाले पार्टी कार्यालयमा आन्दोलनकारीद्वारा आगजनी ।
दिउँसो ०१ : २३ बजे–
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द।
दिउँसो ०१ : ३५ बजे–
स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा राजीनामा ।
दिउँसो ०१ : ३९ बजे–
नयाँ बानेश्वरस्थित मीन भवन क्षेत्रमा आगजनी ।
(यतिबेलासम्म प्रदेश कार्यालयहरूमा आगजनी भइसकेको थियो । भने, मुख्यमन्त्री र मन्त्रीहरूले राजीनामा दिने क्रम चलिहरहेको थियो ।)
दिउँसो ०१ : ४८ बजे–
आन्दोलनकारीहरूसिंहदरबारभित्र प्रवेश।
दिउँसो ०१ : ५२ बजे–
खेलकुमन्त्री तेजुलाल चौधरीद्वारा राजीनामा ।
दिउँसो ०१ : ५३ बजे–
पूर्वराजाद्वारा वक्तव्य जारी । देशभित्रको समस्या देशभित्रैबाट समाधान गर्नुपर्नेमा जोड ।
दिउँसो ०१ : ५९ बजे–
आन्दोलनकारीहरू संघीय संसद भवन प्रवेश ।
दिउँसो ०२ : १६ बजे–
सिंहदरबारको मूलगेटमा पहिलोपटक आजगनी ।
दिउँसो ०२ : २४ बजे–
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूद्वारा सामूहिक राजीनामा ।
दिउँसो ०२ : २८ बजे–
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजीनामा ।
दिउँसो ०२ : ५० बजे–
प्रदर्शनकारीहरूबाट संघीय संसद भवनमा आगजनी ।
दिउँसो ०३ : १५ बजे–
सर्वोच्च अदालतमा आगजनी ।
दिउँसो ०३ : १६ बजे–
काठमाडौं जिल्ला अदालतमा आगजनी ।
दिउँसो ०३ : २२ बजे–
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहद्वारा आन्दोलनकारीलाई संयमित हुन आग्रह । उनले भने– अबको नेतृत्व तपाईंहरूले गर्नुपर्नेछ । तयार रहनुहोस् । उनले अबको वार्ता सेनासँग हुने उल्लेख गरेका थिए ।
दिउँसो ०३ : ३७ बजे–
राष्ट्रपतिबाट प्रधानमन्त्री ओलीको राजनीमा स्वीकृत ।
दिउँसो ०४ : ०४ बजे–
कालीमाटीमा गोली लागेर दुई जनाको मृत्यु ।
दिउँसो ०४ : १३ बजे–
काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा आगजनी ।
दिउँसो ०४ : २६ बजे–
शीतल निवासस्थित राष्ट्रपति निवासमा आगजनी ।

राष्ट्रपतिबाट प्रधानमन्त्री ओलीको राजनीमा स्वीकृत ।
दिउँसो ०४ : ०४ बजे–
कालीमाटीमा गोली लागेर दुई जनाको मृत्यु ।
दिउँसो ०४ : १३ बजे–
काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा आगजनी ।
दिउँसो ०४ : २६ बजे–
शीतल निवासस्थित राष्ट्रपति निवासमा आगजनी ।
दिउँसो ०४ : ३८ बजे–
सिंहदरबार पूर्ण रुपमा आन्दोलनकारीको कब्जामा ।
दिउँसो ०४ : ४२ बजे–
उपप्रधानमन्त्री प्रकाशमान सिंहको ठमेलस्थित निवासमा आगजनी ।
दिउँसो ०५ : २३ बजे–
मेयर बालेनद्वारा आन्दोलनकारीलाई घर फर्किन आह्वान ।
(यतिबेलासम्म देशका विभिन्न ठाउँमा आजगनी भइरहेको र कारागाराबाट कैदीहरू माग्ने क्रम जारी ।)
दिउँसो ०५ : ३७ बजे–
जेन–जीद्वारा बबरमहलमा विजयोत्सव ।
साँझ ०५ : ५६ बजे–
नक्सालस्थित भाटभटेनीमा आगजनी ।

साँझ ०५ : ५६ बजे–
नक्सालस्थित भाटभटेनीमा आगजनी ।
साँझ ०६ : ०१ बजे–
नेपाली सेनाद्वारा संयम हुन अपिल ।
साँझ ०६ : ०७ बजे–
राष्ट्रपतिद्वारा जेन–जीलाई संवादमा आउन अपिल ।
साँझ ०७ : ५३ बजे–
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा आगजनी ।
साँझ ०८ : २४ बजे–
संयुक्त राष्ट्रसंघद्वारा विज्ञप्ति जारी । सहयोग गर्न तत्पर रहेको भनाइ ।
राति ०९ : ००बजे–
प्रधानसेनापतिद्वारा सम्बोधन। वार्तामा आउन अपिल।
राति १० : १० बजे–
नेपाली सेना सडकमा उत्रियो।
(२४ भदौको राति प्रधानसेनापति अशोकराज सिग्देलद्वारा जेन– जीका प्रतिधिनिहरू र दुर्गा प्रसाईसँग छुट्टाछुट्टै संवाद।)
२५भदौ २०८२
बिहान १० : १० बजे–
नेपाली सेनाद्वारा देशभरि कर्फ्यु आदेश जारी
(यसबेलाप्रधानसेनापतिले विभिन्न पक्षसँग वार्ताको तयारी थाले । जेन– जी आफू–आफूबीच विभाजित भए ।)
दिउँसो ०३ : १३ बजे–
प्रधानसेनापतिआशोकराजसिग्देलद्वारा जेन– जीहरूलाई आफूहरू मिलेर, टोली नेता छानेर वार्तामा आउन अपिल ।
(त्यसपछि अब बन्ने अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश कार्कीलाई पठाउने चर्चा भयो ।)
दिउँसो ०४ : ०० बजे–
जेन– जीहरूबीच नयाँ सरकार गठनको विषयमा भर्चुअल बैठक ।
साँझ ०७ : २० बजे–
मृतकको संख्या ३१ पुग्यो ।
(यतिबेला जङ्गीअड्डामा धरान उपमहानगरपालिका मेयर हर्क सम्पाङ राई, जेन–जीका प्रतिनिधिलगायत युवाहरूको उपस्थिति रहेको थियो ।)
राति १० : १२ बजे–
काठमाडौं महानगरका मेयर बालेन शाहद्वारा अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश कार्कीलाई समर्थन ।
२६ भदौ २०८२
बिहान ०९ :  १३ बजे-
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा संविधान र संसदीय प्रक्रियाबाट समस्या समाधान गर्न अपिल ।
(यतिबेलाप्रधानसेनापति अशोकराज सिग्देलले नयाँ सरकार गठनका लागि विभिन्न व्यक्तिहरूसँग छलफल गरिरहेका हुन्छ । भने विभिन्न राजनीतिक दल तथा संघ-संस्थाले संवैधानिक प्रक्रियाबाट निकास निकाल्न सुझाव दिन्छ । यता सामाजिक सञ्जालमा भने राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्नुपर्ने वा राष्ट्रपति पौडेलले राष्ट्रको नममा सम्बोधन गर्नुपर्ने आवाज उठ्छ ।)

दिउँसो ०३ : २२ बजे-
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रेस विज्ञप्ति जारी गरी संवैधानिक दायरामा रहेर देशलाई निकास दिने प्रयास गरेको जानकारी ।
(यतिबेला विभिन्न राजनीतिक दलका भातृ संगठनहरू संविधान रक्षाको मागसहित सडकमा उत्रिएका हुन्छन् ।)
दिउँसो ०४ : २६बजे-
सर्वोच्च अदालतको पूर्ण बैठक बसेर आइतबारदेखि कामकाज अगाडि बढाउने निर्णय गर्छ ।
राति १० : ५२ बजे-
राष्ट्रपति रामचन्द्र पौडेल शीतल निवासमा रहेको सूचना सार्वजनिक ।
राति ११ : १५बजे-
शीतल निसावसमा राष्ट्रपति पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता ।
२७ भदौ २०८२
बिहान ०१ : ५५ बजे-
राष्ट्रपति रामचन्द्र पौडेल र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल ।
राति ०२ : ५० बजे-
राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानान्यायाधीश कार्कीबीच छलफल ।
मध्याह्न १२ : ४७ बजे-
जेन- जी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्छ ।
दिउँसो ०१ : २० बजे-
सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालद्वारा संयुक्त विज्ञप्ति जारी ।
(यतिबेला राष्ट्रपनि रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि विभिन्न व्यक्तित्वहरूसँग छलफल गरिरहेका हुन्छन् ।)
साँझ ०७ : १६ बजे-
शीतलनिवासमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने र संसद विघटन गर्नेविषयमा सहमतिजुट्छ।
राति ०९ : ०० बजे-
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त ।
राति ०९ : ४४ बजे-
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा शपथ ग्रहण

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update