नेभिगेशन
समाचार

बानेश्वरमा प्रहरीको गोलीकाण्ड : आन्दोलनका भिडिओ शेयर गरेको अभियोगमा घरमै छापा

बानेश्वर क्षेत्रमा प्रहरीद्वारा गरिएको एक अत्यन्तै गम्भीर र आपत्तिजनक कारबाहीको खबर सार्वजनिक भएको छ। सामाजिक सञ्जालमा आन्दोलनको क्रममा गोली चलाउने प्रहरीको अनुहार देखिने स्टोरी शेयर गरेको भन्दै केही व्यक्तिको खोजी गर्दै प्रहरीले घरमै पसेर गोली चलाएको पुष्टि भएको छ।

स्रोतका अनुसार, आन्दोलनको भिडिओ तथा प्रहरीको अनुहार देखिने दृश्यहरू सामाजिक सञ्जालमा पोस्ट गर्नेहरूमाथि निगरानी बढाउँदै आएको प्रहरीले आज बिहान बानेश्वर नजिकैको एक घरमा छापा मारेको हो। सो क्रममा घरमै पसेर प्रहरीद्वारा गोली चलाइएको र स्थिति तनावपूर्ण बनेको प्रत्यक्षदर्शीहरू बताउँछन्।

प्रहरी प्रशासनले भने अहिलेसम्म यसबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन। तर, स्थानीय बासिन्दाले यो घटना मानवअधिकारको गम्भीर उल्लंघन भएको भन्दै चर्को विरोध जनाएका छन्।

घटनास्थल आसपास अहिले सुरक्षा तैनाथी कडा बनाइएको छ भने आम नागरिक त्रसित बनेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update