नेभिगेशन
मनोरञ्जन

बाँसगढीको ककौरामा खुल्ला एकल तीज नृत्य प्रतियोगिता हुने

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा बर्दिया जिल्लाको ककौरा बजारमा भव्य खुल्ला एकल तीज नृत्य प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ।

नयाँ कृषि सहकारी संस्था लिमिटेड ककौराको आयोजनामा यहि २०८२ भदौ १० गते बिहान ११:०० बजे प्रतियोगिता सञ्चालन गरिनेछ। कार्यक्रममा सहभागिता जनाउन इच्छुकले २०८२ साउन १० गते बिहान १० बजेभित्र दर्ता गरिसक्नु पर्नेछ। प्रतियोगितामा सहभागीका लागि दर्ता शुल्क रु. २५० निर्धारण गरिएको छ भने प्रवेश सबैका लागि निःशुल्क गरिएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रतिभालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।

पहिलो पुरस्कार: रु. ५,१००

दोस्रो पुरस्कार: रु. ३,१००

तेस्रो पुरस्कार: रु. २,१००

सान्त्वना पुरस्कार: रु. १,१००


संस्थाले प्रतियोगितामार्फत तीज पर्वको सांस्कृतिक महत्वलाई उजागर गर्दै महिला सहभागिता र कला प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

थप जानकारीको लागि  9858075082 र 9858081681  मा सम्पर्क गर्न सकिने आयोजकले जानकारी दिएका छन्।

हाम्रो “संस्कृति हाम्रो पहिचान, संरक्षण हाम्रो कर्तव्य — सबै मिलेर छमछमी नाचौं, मनोरञ्जनसँगै एकता गाँसौं।”

चुले निम्तो छ है !!!

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update