नेभिगेशन
खेलकुद

नेपाल र मलेसियाबीच एसीसी यू–१६ इस्ट जोन कपको सेमिफाइनल भिडन्त आज

एसीसी मेन्स अन्डर–१६ इस्ट जोन कप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा नेपाल र घरेलु टोली मलेसिया आज प्रतिस्पर्धा गर्दैछन्। खेल क्वालालम्पुरस्थित मैदानमा बिहान पौने ८ बजे सुरु हुनेछ।

नेपाल समूह ‘ए’ बाट अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेटले, दोस्रो खेलमा जापानलाई ९ विकेटले र तेस्रो खेलमा इन्डोनेसियालाई ३७० रनको विशाल अन्तरले पराजित गरेको थियो।

समूह ‘ए’ बाट सिङ्गापुर दोस्रो स्थानमा रहँदै अन्तिम चारमा पुगेको छ भने समूह ‘बी’ बाट हङकङ शीर्ष स्थानमा र मलेसिया दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा उत्रेका हुन्।

आजै दोस्रो सेमिफाइनलमा हङकङ र सिङ्गापुरबीच प्रतिस्पर्धा हुनेछ।
इस्ट जोन कपको फाइनल खेल आगामी शनिबार हुने तय गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update