नेभिगेशन
प्रदेश

कर्णाली प्रदेशका सबै निर्वाचन क्षेत्रमा आवासीय विद्यालय स्थापना हुने

कर्णाली प्रदेश सरकारले ‘एक निर्वाचन क्षेत्र, एक आवासीय विद्यालय’ कार्यक्रम अन्तर्गत कर्णालीका २४ वटै प्रदेश निर्वाचन क्षेत्रमा सुविधा सम्पन्न आवासीय विद्यालय निर्माण गर्ने भएको छ। प्रदेश सरकारले स्थानीय तहको साझेदारीमा आगामी आर्थिक वर्ष २०८२/८३ बाट यो कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको हो।

यस उद्देश्यका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा मात्र ६ करोड रुपैयाँ बजेट छुट्याएको छ। यसैगरी, गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्न प्रदेश सरकारले ३९० वटा सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि पनि बजेटको व्यवस्था गरेको छ।

सार्वजनिक विद्यालयको स्तरोन्नति तथा विद्यार्थीलाई सहज वातावरणमा अध्ययन गराउने उद्देश्यले विद्यालयको भौतिक पूर्वाधार विकास र शैक्षिक सुधारलाई प्राथमिकता दिइएको जनाइएको छ।

यसअघि सुरु भएर अधुरो अवस्थामा रोकिएका विद्यालय भवनहरूलाई पूर्णता दिन प्रदेश सरकारले १५ करोड रुपैयाँ बजेट छुट्याएको छ। साथै, एसइई विद्यार्थीलाई लक्षित गर्दै डिजिटल शिक्षा सहयोग कार्यक्रम सञ्चालन गर्ने योजना छ। यसबाट विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि हुने प्रदेश सरकारको विश्वास छ।

मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयलाई प्रविधियुक्त बनाउँदै प्रतिस्पर्धी एवं दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको प्रदेश सरकारले यसका लागि १६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
कर्णाली प्रदेशमा ७२ किमी सडक कालोपत्रे, सुर्खेतमै सबैभन्दा बढी निर्माण

कर्णाली प्रदेशमा ७२ किमी सडक कालोपत्रे, सुर्खेतमै सबैभन्दा बढी निर्माण

बहुवर्षीय योजनामा पारदर्शिता र समयमै अनुमति प्रक्रिया सहज बनाउनुपर्ने ठेकेदारको योग्यता र समयपालनाको अनुगमन गर्न थप संयन्त्र आवश्यक ट्र्याक खोल्ने गतिसँगै ग्राभेल र कालोपत्रेमा प्राथमिकता दिनुपर्ने यसरी हेर्दा...
Weather Update