नेभिगेशन
खेलकुद

हैदराबादसँग पराजित भएपछि आरसीबीको ‘क्वालिफायर’ संभावना संकटमा

हैदराबादका लागि इशान किशनले ४८ बलमा ९४ रनको विष्फोटक नटआउट इनिङ खेल्दै टिमलाई २ यस ३१ रनको उच्च स्कोरमा पुर्याए। किशनले आफ्नो इनिङमा ७ चौका र ५ छक्का प्रहार गरेका थिए।

त्यस्तै अभिषेक शर्माले ३४ रन बनाउँदा हेनरिच क्लासेनले २४ तथा अंकित वर्माले २६ रन बनाए। थप दोहोरो स्कोरका रुपमा ट्रेभिस हेडले १७ रन बनाउँदा कप्तान प्याट कमिन्सले १३ तथा अभिनभ मनोहरले १२ रन बनाएका थिए।

२ सय ३२ रनको उच्च लक्ष्य पछ्याएको आरसीबीले राम्रो सुरुवात गरेपनि खराब अन्तको सिकार भयो। उसका लागि फिल साल्ट र विराट कोहलीले पहिलो विकेटका लागि ८० रनको साझेदारी गरेका थिए।

कोहली २५ बलमा ४३ रन बनाएर आउट हुँदा साल्ट ३२ बलमा ६२ रन बनाएर आउट भए। यि दुइ बाहेक शीर्ष क्रममा रहेका मंयक अग्रवालले ११ रन बनाएँदा रजत पटिदारले १८ रन बनाएका थिए।

त्यस्तै जितेश शर्माले २४ रन बनाउनु बाहेक पछिल्लो क्रम भने लगातार विकेट पतनको सिकार भयो। अन्तिम बल खेल्नु अगाडीनै अलआउट भएको थियो। बैंगलोरले अन्तिम १५ रन जोडंदा ५ विकेट गुमाउन पुगेको थियो।

उसलाई सस्तैमा समेट्ने क्रममा प्याट कमिन्सले ३ विकेट लिंदा एहसन मालिङंगाले २ तथा जयदेव उनादकट, हर्ष पटेल, हर्ष दुवे तथा नितिक कुमार रेड्डीले समान १-१ विकेट लिएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update