नेभिगेशन
खेलकुद

ग्लोसेस्टरशायरमाथि नेपालको दबदबा : ट्वान्टी–२० अभ्यास खेलमा ७३ रनको शानदार जित

बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबार सम्पन्न ट्वान्टी–२० अभ्यास खेलमा ग्लोसेस्टरशायरलाई ७३ रनले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको छ। नेपालले दिएको १९५ रनको चुनौती पछ्याउँदै ग्लोसेस्टरशायर १७.३ ओभरमै १२१ रनमा समेटियो।

नेपालका लागि कुशल भुर्तेलले ४६ रनको उत्कृष्ट पारी खेले भने कप्तान रोहितकुमार पौडेलले ३५, दिपेन्द्रसिंह ऐरीले ३२, अनिलकुमार साहले २९ र आरिफ शेखले अविजित २२ रन जोडे। बलिङतर्फ नन्दन यादव, सन्दीप लामिछाने र बसिर अहमदले समान दुई विकेट लिए भने रिजन ढकाल, करण केसी, सोमपाल कामी र कुशल भुर्तेलले एक–एक विकेट लिए।

यसअघि नेपालले न्युपोर्ट क्रिकेट क्लब र मेरिलेबोन क्रिकेट क्लबविरुद्ध पनि विजय हासिल गर्दै बेलायती भूमिमा आफ्नो प्रभावशाली यात्रा जारी राखेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update