नेभिगेशन
प्रदेश

सिंहदरवार गेटमा मन्त्रालयले पठाएका २५ शिक्षकको नाम देखेपछि वार्ता भाँडियो

 

 शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तसँग वार्ता गर्न सिंहदरबार पुगेको शिक्षक महासंघका नेताहरु गेटबाटै फर्किएका छन् ।

सरकारसँग वार्ता गर्नको लागि मन्त्रालयले नै २५ सदस्यीय वार्ता टोली बनाएको भन्दै नेपाल शिक्षक महासंघका अध्यक्षसहितको टोलीले बैठक बहिस्कार गरेर फर्केकाे हाे  ।

वार्ताकाे लागि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली आफूहरुले तयार नगरेको भन्दै महासंघले बैठक बहिस्कार गरेर गेटबाटै फर्केकाे ध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए

। 

आज नवनियुक्त मन्त्रीसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं तर विशेष कारणबश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।’ अध्यक्ष  सुवेदीले भने ।

मन्त्रालयले २५ सदस्यीय टोली बनाएको भनेर महासंघले आपत्ति जनाएको छ । राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष कुमुद कुमार सिंह सिंहदरवार गेटमा मन्त्रालयले पठाएका २५ शिक्षकको नाम देखेपछि आजको वार्ता भाँडिएका बताए ।

उनले भने,’ वार्ताको लागि त सरकारले लिस्ट बनाउने हाेइन नि हामी काे काे वार्तामा आउन चाहन्छाै‌ं त्यही अनुसार बनाउँछाै‌ं । त्यही भएर   महासंघकाे अध्यक्षज्यूले आपत्ति जनाएर  गेटबाट फर्किनुभएकाे हाे ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
कर्णाली प्रदेशमा ७२ किमी सडक कालोपत्रे, सुर्खेतमै सबैभन्दा बढी निर्माण

कर्णाली प्रदेशमा ७२ किमी सडक कालोपत्रे, सुर्खेतमै सबैभन्दा बढी निर्माण

बहुवर्षीय योजनामा पारदर्शिता र समयमै अनुमति प्रक्रिया सहज बनाउनुपर्ने ठेकेदारको योग्यता र समयपालनाको अनुगमन गर्न थप संयन्त्र आवश्यक ट्र्याक खोल्ने गतिसँगै ग्राभेल र कालोपत्रेमा प्राथमिकता दिनुपर्ने यसरी हेर्दा...
Weather Update