नेभिगेशन
समाचार

अधिवक्ता मुकेश सेन्चुरी ने.वि संघ खेलकुद विभागको प्रमुखमा नियुक्त

नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा र प्रवक्ता सुरज सेजवालले ल क्याम्पसको प्राङ्गणमा आयोजित विशेष समारोहका बीच मुकेश सेन्चुरीलाई केन्द्रीय खेलकुद विभागको संयोजकमा नियुक्त गरेका छन्।

एटीमी क्योकुसिन फूल कन्ट्रयाक्ट कराँतेका राष्ट्रिय खेलाडी, रेफ्री, प्रशिक्षक तथा अधिवक्ता समेत रहनु भएका सेन्चुरीको मनोनयनले नेविसंघलाई खेलकुदको माध्यमबाट अझ सशक्त, अनुशासित र गतिशील बनाउने विश्वास लिइएको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष शेर्पाले सेन्चुरीजस्तो कर्मशील, अनुशासित र प्रेरणादायी व्यक्तित्वको नेतृत्वमा खेलकुद विभागले नयाँ ऊर्जा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिए।

खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देशको नाम उजागर गरेका सेन्चुरी कानुनी क्षेत्रमा पनि उत्तिकै सक्रिय छन्। हालै नेपाल क्याम्पसबाट बीएलबी पास गरी अधिवक्ता भइसकेका उनी हाल नेपाल ल क्याम्पसमा एलएलएम अध्ययनरत विद्यार्थी हुन्।

समारोहमा नेविसंघका केन्द्रीय सदस्यहरू हृदयराज मिश्र, आकाश जंग कार्की, मञ्जु विश्वकर्मा, प्रमोद राई, मिलन जोशी, साथै डेमोक्रेटिक लयर एसोसिएसन (DLA) का केन्द्रीय सदस्य अधिवक्ता राजकुमार उप्रेतीसहित सयौं नेविसंघका नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रमले युवामा खेलकुदप्रतिको उत्साह थप बढाउने विश्वास गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update