नेभिगेशन
समाचार

सुमनाले राजीनामा बुझाएकै बेला रास्वपाले ६ जनालाई दियो दोहोरो भूमिका

राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठ एक व्यक्ति एक पदको वकालत गर्दै राजीनामा दिएको दुई हप्तापछि बिहीबार केन्द्रीय समितिमा छलफल हुँदा केही नेताहरूले भने यसै दिन दोहोरो जिम्मेवारी पाएका छन् ।  श्रेष्ठको उक्त राजीनामाबारे छलफल भएकै दिन केही नेताहरुलाई भने दोहोरो जिम्मेवारी दिइएको हो । 

बिहीबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकमा श्रेष्ठको राजीनामाबारे छलफल भएको थियो ।  सुमनाले एक पद, एक व्यक्तिको नीति सम्झाउँदै दिएको राजीनामाबारे छलफल भएकै बैठकले दोहोरो जिम्मेवारी पर्नेगरी पार्टीका ६ नेतालाई प्रदेश इन्चार्ज तोकेको हो । 

प्रमुख सचेत रहेका सन्तोष परियारलाई कोशी प्रदेशको इञ्जार्च तोकेको छ भने मधेश प्रदेशका लागि मनिष झा तोकिएका छन् । उनी सांसद र पार्टीका कार्यवाहक प्रवक्तासमेत हुन् । बागमती प्रदेशका इन्चार्ज तोकिएकी लीमा अधिकारी कोषाध्यक्ष थिइन् । गण्डकी प्रदेशका इन्चार्ज तोकिएका शिशिर खनाल सांसद हुन् भने लुम्बिनी प्रदेशका लागि इन्चार्ज तोकिएका विपिनकुमार आचार्य पार्टी सहमहामन्त्री हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update