रौतहटको राजदेवी नगरपालिका–८ स्थित नेपाल–भारत सीमाबाट एक भारतीय युवक हतियार र लागुऔषधसहित पक्राउ परेका छन् । शनिबार राति ९:१० बजेतिर जयसवाल मदिरा पसल बाहिर होहल्ला र झैझगडा गरिरहेको सूचना पाएपछि गस्तीमा खटिएको सशस्त्र प्रहरीले भारत बिहार,सीतामढीका २३ वर्षीय किशन कुमारलाई नियन्त्रणमा लिएको हो ।
खानतलासी गर्दा उनको साथबाट म्यागजिन र लगपिन नभएको पेस्तोल एक थान,कोरेक्स तीन बोतल,नाइट्रोभेट पाँच ट्याब्लेट र एक थान मोबाइल बरामद गरिएको सशस्त्र प्रहरीका एसपी सन्तोष बस्नेतले जानकारी दिए।