घण्टाघरदेखि दक्षिणतर्फ वीरगन्ज-३ छपकैयास्थित श्रीराम चोक पुगेर फर्किने क्रममा शोभायात्राका सहभागीमाथि अज्ञात समूहले ढुंगा हानेको थियो । त्यसपछि तितरवितर भएका सहभागीले टायर बालेर प्रदर्शन गरे भने पसलका फर्निचर निकालेर जलाएका थिए ।
अवस्था तनावग्रस्त बनेपछि नियन्त्रणका लागि २ राउन्ड हवाई फायर र १२५ राउन्ड अश्रुग्यास प्रहार गर्नुपरेको एसपी गौतम मिश्रले बताए । सो क्रममा मिश्र र सशस्त्र प्रहरीका डीएसपीसहित २५ जना सुरक्षाकर्मी र करिब एक दर्जन स्थानीय बासिन्दा घाइते भएका छन् ।
अहिले वीरगन्जमा कर्फ्यु लागिसकेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले बेलुका ६:३० बजेदेखि भोलि मध्याह्न १२ बजेसम्मका लागि वीरगन्जको मुख्य बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।