नेभिगेशन
समाचार

गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंका सडकमा ‘नो केबलकार समूह’ (तस्वीरहरू)

गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंका सडकमा ‘नो केबलकार समूह’ (तस्वीरहरू)

२१ माघ, काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा देखिएको विवादमा ‘नो केबलकार समूह’ ले काठमाडौंमा पनि प्रदर्शन गरेको छ ।

काठमाडौंको माइतीघर मण्डलामा सोमबार विभिन्न प्लेकार्डसहित केबलकारविरोधी समूहले प्रदर्शन गरेको हो ।गत माघ १२ मा प्रहरीसँग भएको झडपका क्रममा दुईजनालाई गोली लागेको थियो । त्यसयता केबलकारविरोधी समूहले आन्दोलन चर्काउँदै आएको छ ।उनीहरूले ‘असक्षम गृहमन्त्रीले राजीनामा दे!’, ‘नो केबलकार’, ‘हजारौं प्रजातीका रुखहरू काट्ने विकास चाहिँदैन’, ‘सीडीओ लगायत दोषीलाई कारबाही गर’, ‘गिरफ्तार नागरिकलाई रिहाइ गर’, ‘मुक्कुम्लुङमा राज्य आतंक बन्द गर’ लगायतका नारासहितका प्लेकार्ड बोकेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update