नेभिगेशन
समाचार

कुशे गाउँपालिका–२ टालेगाउँस्थित स्वास्थ्य चौकीमा गएराति परेको चट्याङका कारण संरचनात्मक क्षतिसँगै स्थानीयको जनावरसमेत मरेका छन्।

स्थानीय समय अनुसार रातिको करिब ८ बजेतिर परेको चट्याङले स्वास्थ्य चौकीको विद्युतीय तार प्रणालीमा क्षति पुर्‍याएको छ। सोही चट्याङको प्रभाव नजिकै रहेको घनश्याम सिंहको घरमा पनि परेको थियो। चट्याङको प्रहारबाट सिंहको घरमा रहेका तीनवटा खसी र एक बाख्रा घटनास्थलमै मरेका छन्।

त्यसैगरी, स्वास्थ्य चौकीसँगै जोडिएको सुवर्ण शाहीको घरमा समेत आंशिक क्षति पुगेको जनाइएको छ। यद्यपि, घटनामा मानवीय क्षति भने नभएको पुष्टि गरिएको छ।

घटनाबारे स्थानीय युवा नवीन समर्पण शाहीले जानकारी गराएका हुन्।

प्राकृतिक प्रकोपबाट भएको यस क्षतिले स्थानियवासीलाई मानसिक तनावका साथै आर्थिक भारसमेत थपिएको छ। यस्तै घटनाबाट बच्न र सुरक्षित रहन सम्बन्धित निकाय र समुदायले समयमै पूर्वतयारी गर्नुपर्ने आवश्यकता देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update