नेभिगेशन
समाचार

चीनको जवाफी करपछि ट्रम्पले ९० दिनलाई रोके अन्य देशको आयात कर, चीनलाई पुर्याए १२५ प्रतिशत

अमेरिकाले बढाएको आयात करका विरुद्धमा चीनले लगातार जवाफि कर बढाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका अन्य मुलुकमा उनले घोषणा गरेको आयात कर ९० दिनका लागि रोकेका छन्। यस्तोमा उनले चीन विरुद्ध भने आयात कर १ सय २५ प्रतिशत पुर्याएका छन्।

ट्रम्पले आयातकरलाई ९० दिनका लागि रोकेसँगै एसियाली सेयरबजारहरुमा सुधार देखिएको छ। जापान, दक्षिण कोरिया र अस्ट्रेलियाको सेयर बजारमा सुरुवाती उछाल देखिएको छ। त्यस्तै ट्रम्पको घोषणा पछि अमेरिकी सेयर बजारमा पनि सुधार देखिएको छ।

ट्रम्पले बढाएको आयातकर विरुद्ध चीनले लगातार जवाफ दिएपछि ट्रम्पले अन्य मुलुकका लागि घोषित आयात कर तत्काललाई ९० दिनका लागि रोक लगाउँदै चीनका विरुद्धमा १ सय २५ प्रतिशत पुर्याउने घोषणा गरेका थिए।

कतिपय देशले चीनको लगातार जवाफि घोषणा पछि अन्य मुलुकले पनि सोहि निति अंगिकार गरे अमेरिकी अर्थतन्त्र धरासायि हुने विज्ञको चेतावनी पछि ट्रम्प अन्य मुलुकका लागि घोषित आयतकरबाट तत्काललाई पछि हटेका हुन्। अवको व्यापार युद्ध विश्व अर्थतन्त्रका दुई महाशक्तिहरु चीन र अमेरिका बिच हुने छ।

सुरुवमा विश्वभर नयाँ आयतकर घोषणा गर्दा ट्रम्पले चीन विरुद्ध ३४ प्रतिशत थप करको घोषणा गरेका थिए। जसका कारण चीनीया सामानमा कुल ५४ प्रतिशत कर पुगेको थियो। त्यसपछि चीनले पनि प्रतिशोधात्मक रुपमा अमेरिकी आयातमा ३४ प्रतिश कर लगाउने घोषणा गरेको थियो।

त्यसपछि अमेरिकाले चिनिया सामानमा आयातकर १०४ प्रतिश पुर्याए भने जवाफमा चीनले ८४ प्रतिशत आयतकर घोषणा बुधबार मात्र गरेको थियो।

बुधबारनै चीनले अन्य देशका लागि घोषित आयतकर ९० दिनलाई रोक्दै चीनलाई १ सय २५ प्रतिश आयतकर घोषणा गरेका थिए। चीनले यसको जवाफ भने दिएको छैन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update