नेभिगेशन
समाचार

जाजरकोटको आरआर भेरी ग्रीन होटेल: सेवा, संस्कृति र सौन्दर्यको संगम

जाजरकोटको आरआर भेरी ग्रीन होटेल: सेवा, संस्कृति र सौन्दर्यको संगम

 

जाजरकोटको आरआर भेरी ग्रीन होटेल: सेवा, संस्कृति र सौन्दर्यको संगम

जाजरकोट, भेरी नगरपालिका–४ — डोल्पा जाने मुख्य राजमार्गको किनार, शान्तिचौतारास्थित बसपार्क नजिकै रहेको आरआर भेरी ग्रीन होटेल एण्ड लज जाजरकोट जिल्लाको एक मात्र ठूलो तथा सुविधा सम्पन्न होटेलको रूपमा परिचित बन्दै गएको छ। यस होटेलले आफ्नो स्थापनाकालदेखि नै देश–विदेशका पर्यटक, पाहुना तथा स्थानीय बासिन्दाहरूलाई उच्चस्तरीय सेवा दिँदै आएको छ।

विशेष सुविधा र पूर्वाधार

होटेलमा वातानुकूलित (AC) र नवातानुकूलित (Non-AC) एटेच्ड कोठाहरू छन् जसले स्वच्छता र आरामको ग्यारेन्टी दिन्छ। साथै, २० वटा सवारी साधन अट्ने पर्याप्त पार्किङ क्षेत्र, सभा गोष्ठी वा पारिवारिक कार्यक्रम गर्न मिल्ने दुईवटा सुविधा सम्पन्न हलहरू पनि छन्। दक्ष कुकहरूको उपस्थितिले नेपाली तथा अन्तर्राष्ट्रिय स्वादको खानाको मज्जा लिन सकिन्छ।

यात्रा र पर्यटकको लागि विशेष सेवा

यस होटेलमा सवारी रिजर्भको व्यवस्था पनि रहेकोले देशका जुनसुकै कुनामा जान चाहने पाहुनाहरूका लागि सजिलो भएको छ। पर्यटकहरूले होटेलको छत वा झ्यालबाटै रुकुम चौजारी, खलंगा दरबार, मालिका मन्दिर, भेरी नदी र वरपरको हरियाली दृश्यहरूको अवलोकन गर्न सक्नेछन्।

सांस्कृतिक कार्यक्रमको नयाँ सुरुवात

जिल्लामै पहिलोपटक, होटेलले लाइभ दोहोरी तथा संस्कृति साँझको आयोजना गर्दैछ। चैत ३१ गतेबाट सुरु हुने यो सांस्कृतिक कार्यक्रम हरेक हप्ताको शुक्रबार साँझ नियमित रूपमा सञ्चालन हुनेछ। स्थानीय संस्कृति, कला र प्रतिभालाई प्रवर्द्धन गर्दै यो कार्यक्रमले जाजरकोटको पर्यटन क्षेत्रमा नयाँ रौनक ल्याउने अपेक्षा गरिएको छ।

स्थानीय विकासमा योगदान

आरआर भेरी ग्रीन होटेलले न केवल सेवा र सत्कारको उदाहरण प्रस्तुत गरेको छ, बरु स्थानीय रोजगारी, कृषि उत्पादनको उपयोग तथा सांस्कृतिक गतिविधिको प्रवर्द्धनमार्फत जिल्लाको समग्र विकासमा पनि सकारात्मक भूमिका निर्वाह गर्दै आएको छ।

आमन्त्रणा

होटेल व्यवस्थापनले सम्पूर्ण स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाहुनाहरूलाई एकपटक आरआर भेरी ग्रीन होटेलको सेवा लिनुहुन हार्दिक आमन्त्रण गरेको छ। होटेलले तपाईंको यात्रा स्मरणीय र रमाइलो बनाउने प्रतिवद्धता व्यक्त गरेको छ।
                     

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update