नेभिगेशन
समाचार

मानवअधिकारकर्मीको रोहवरमा २४ घण्टा भित्रमा उपस्थित हुन्छुः दुर्गा प्रसाई

प्रहरीको खोजीमा रहेका दुर्गा प्रसाईले मानवअधिकारको रोहवरमा २४ घण्टामा उपस्थित हुने बताएका छन् । उनले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै आफ्नो वकिल तथा मानवअधिकारकर्मीको रोहवरमा भोलि वा २४ घण्टामा प्रहरीसमक्ष उपस्थिति हुने बताएका हुन्

उनले प्रहरी प्रशासनलाई नखोज्न पनि अनुरोध गरेका छन् । ‘काँही इन्डिया भाग्यो भन्या छ । काँही कता भाग्यो भन्या छ । म कतै भागेको छैन,’ उनले भनेका छन्,’ म काँही भागेको छैन । म नेपालमै छु र कुनै ठाउँमा छु ।‘

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update