नेभिगेशन
समाचार

बुटवलबाट गुलरिया जाँदै गरेको यात्रु बस दुर्घटना, ५ जना घाइते

बुटवलबाट बर्दियाको गुलरिया जाँदै गरेको बस   बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–८ स्याउली बजार नजिक दुर्घटनामा परेको छ।

लु १ ख ९८७६ नम्बरको उक्त बस स्याउली बजारको मोडमा अनियन्त्रित भई दुर्घटना भएको हो। बसमा १२ जना यात्रु सवार रहेकोमा ५ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको अवस्था सामान्य रहेको बताइएको छ। सबै घाइते यात्रुलाई तत्काल उद्धार गरी थप उपचारका लागि नेपालगञ्ज स्थित भेरी अस्पताल पठाइएको छ।

दुर्घटनाको कारण खुलेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update