कर्णालीमा पुग्दा नेता नभएको अनुभूति भयो : एमाले नेता बाँस्कोटा – जुम्ला
एमाले पोलिटब्युरो सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कर्णालीको दयनीय सडक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यहाँको नेतृत्वप्रति असन्तुष्टि जनाउनुभएको छ।
कर्णाली राजमार्ग हुँदै जुम्ला पुगेका नेता बाँस्कोटाले भन्नुभयो, "सडक राम्रो नभएपछि यहाँका नागरिकको समृद्धि कसरी सम्भव हुन्छ?" उहाँले सडकलाई विकासको मेरुदण्ड भन्दै यहाँको भौतिक पूर्वाधार सुधारमा स्थानीय नेतृत्व असफल देखिएको टिप्पणी गर्नुभयो।
"हवाईजहाजबाट पनि आउन सकिन्थ्यो, तर नागरिकको वास्तविक अवस्था बुझ्न स्थलमार्ग रोजेँ," बाँस्कोटाले भ्रमणको उद्देश्य स्पष्ट पार्दै भन्नुभयो, "कर्णालीमा समृद्धिको ठूलो सम्भावना छ, तर त्यो अनुसार काम भएको देखिन्न।"
नेता बाँस्कोटाले कर्णालीमा विकासका लागि जनप्रतिनिधि तथा नेताहरूको सक्रियता र समर्पण आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले भन्नुभयो, "यहाँका नेताहरूले जिम्मेवारीका साथ काम गर्नुपर्छ, नत्र जनताले आफूलाई नेतारहित ठान्छन।