नेभिगेशन
समाचार

बल्खुको प्रदर्शनलाई शान्तिपूर्ण बनाउने चुनौतीमा राप्रपा

चैत १५ मा वर्तमान व्यवस्थाविरोधी राजावादी समूहले राजधानीको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बन्न पुग्यो । उक्त हिंसात्मक प्रदर्शनको मूल आयोजक दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियान भए पनि त्यसमा बलियो साथ नवराज सुवेदी नेतृत्वको राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको पनि थियो । 

साथसाथै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहित अन्य राजावादी समूहको समेत साथ थियो । राजवादीदेखि दुर्गावादीसम्म एकै ठाउँमा भेला भएर गरेको उक्त प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान जानुका साथै तोडफोड, आगजनी र लुटपाटका घटना समेत भए । 

सो घटनाको चौतर्फी आलोचना भइरहेको बेला राप्रपाले राजतन्त्र फर्काउने अभियानस्वरुप मंगलबार अर्को प्रदर्शन र आमसभा गर्न लागेको छ ।  स्मरण रहोस्, राप्रपाको उक्त प्रदर्शनमा सुवेदी नेतृत्वको समितिको पनि साथ छ । 

समितिका कार्यवाहक संयोजक जगमान गुरुङले राप्रपाको प्रदर्शनमा आफूहरूको साथ रहने बताउँदै राष्ट्रिय झन्डासहित कार्यक्रममा सहभागी हुन आह्वान गरिसकेका छन् । गुरुङले शान्तिपूर्ण रूपमा सक्रिय सहभागिता जनाउनका लागि आग्रह गरेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update