नेभिगेशन
समाचार

कारागारबाट रविको सन्देश- पहिलो विद्यार्थी म भएँ, पालो सबैको आउँछ

कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निकट नेताहरूमार्फत् ४ वटा सन्देश पठाएका छन् । सोमबार रुपन्देही जिल्ला अदालतस्थित कारागार पुगेपछि लामिछानेले पठाएको सन्देश उनीनिकट नेताहरूले सार्वजनिक गरेका हुन् ।

‘अदालतको आदेशको सम्मान छ । कानुनले दिएको अधिकार प्रयोग गर्छु,’ लामिछानेले सन्देशमा भनेका छन्, ‘तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो आदालत जाने प्रक्रिया अवलम्बन गर्छु ।’

उनले न्यायको मन्दिरबाट अन्याय नहुनेमा आफू विश्वस्त रहेको बताएका छन् । सँगै अघि भनेका छन्, ‘तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ति गलत सावित हुन् ।’उनले पार्टीलाई एकढिक्का राखेर अभियान निरन्तर बनाउन पार्टीका नेताहरूलाई पनि आग्रह गरेका छन् ।

सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस् । अभियानलाई जनताको बीचमा पुर्‍याउनुस्,’ उनले नेताहरूलाई भनेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update