नेभिगेशन
समाचार

नाउपासँग एकता नहुँदै पार्टी फुट्ने सिके राउतको डर,

मधेस स्वराज'को मुद्दा उचाल्दै राजनीतिमा उदाएका जनमत पार्टीका अध्यक्ष सिके राउत नागरिक उन्मुक्ति पार्टीसँग एकताको सघन छलफलमा छन्।

एकीकृत पार्टीको नाम, पार्टीको झन्डा र चुनाव चिह्नसमेत टुंग्याइसकेका जनमत र नागरिक उन्मुक्तिले अहिले नीतिबारे छलफल गरिरहेको छ।

दुवै पार्टीका तीन–तीनजना सम्मिलित एकता कार्यदल र त्यति नै संख्याको अलगअलग विधान प्रतिस्थापन समिति एकताको गृहकार्यमा जुटिरहेका छन्।

जनमत अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी एक्लाएक्लै वार्तामा बसेर एकतालाई अन्तिम रूप दिने गृहकार्यमा छन्।

नाउपाका संस्थापक, संरक्षकसमेत रहेका रेशम चौधरीले पार्टी एकता अन्तिम चरणमा पुगिसकेको र निर्वाचन आयोगमा बुझाउने औपचारिक दस्तावेजमा हस्ताक्षर गर्न मात्रै बाँकी रहेको बताएका छन्।

नाउपाका नेता दामोदर पण्डितले वैशाख १५ गते एकता घोषणा गर्ने गरी गृहकार्य भइरहेको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update