नेभिगेशन
समाचार

राजावादी वितण्डाको विरोध गर्दा सरकारलाई राहत मिले जस्तो भएको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादी वितण्डाको विरोध गर्दा सरकारलाई राहत मिलेको जस्तो देखिए पनि त्यसमा सत्यता नभएको बताएका छन् ।

नेवा राष्ट्रिय मुक्ति मोर्चाको प्रशिक्षण भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले सरकारकै कारण प्रतिगामीहरूले टाउको उठाउन खोजेको बताए ।

अहिले प्रतिगामीहरूले टाउको उठाउन खोजिरहेका छन्, यसको एउटा मुख्य कारण हो–एमाले नेतृत्वको कांग्रेस समेतको गठबन्धन सरकारले भ्रष्टाचारीहरूको पक्षमा लिएका गतिविधि, कामकारबाही र निर्णयहरू हुन् । राम्रो काम गर्ने जतिलाई लखेट्ने, नराम्रो काम गर्नेलाईं पुरस्कृत गर्ने । आफ्ना जतिसुकै भ्रष्ट भए पनि तिनको रक्षा गर्ने, अरूको जतिसुकै राम्रा भएपनि लखेट्ने अपनाएको छ यो सरकारले,’ उनले भने ।

सुशासन, समाजानिक न्याय र आर्थिक समृद्धिको पक्षमा काम गर्दागर्दै दलाल, बिचौलिया र नोकरशाहीतन्त्रको भरमा आफू नेतृत्वको सरकारलाई विस्थापित गरेको उनको भनाइ थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update