नेभिगेशन
समाचार

भोलिदेखि देशभरका सबै विद्यालय बन्द, शिक्षक महासंघद्वारा आमहडताल घोषणा

भोलिदेखि देशभरका सबै विद्यालय बन्द, शिक्षक महासंघद्वारा आमहडताल घोषणा

काठमाडौं । भोलि चैत २५ गतेदेखि देशभरका सबै सरकारी र सामुदायिक विद्यालयहरू बन्द हुने भएका छन् । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले सरकारले आफ्ना माग नसुनेको भन्दै शैक्षिक आमहड्ताल घोषणा गरेपछि विद्यालयहरू बन्द हुने भएका हुन् ।

नेपाल शिक्षक महासंघले आमहडताल चैत २५ गतेदेखु लागू हुने र यस क्रममा देशभरका सबै विद्यालय बन्द गरी काठमाडौं केन्द्रित आन्दोलनमा अनिवार्य सहभागी हुन सबै शिक्षक कर्मचारीलाई अपिल गरेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा यो आन्दोलनलाई अन्तिम र निर्णायक आन्दोलन भनिएको छ ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै देशभरका शिक्षकहरु आन्दोलनमा छन् । उनीहरुले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।

नेपाल शिक्षक महासंघले सबै शिक्षक कर्मचारीहरूलाई आमहडतालको क्रममा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन पनि आग्रह गरेको छ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update