नेभिगेशन
समाचार

राजावादीले नेपालगञ्जमा विपिको सालिकमा कालोमोसो दल्ने र तोडफोड गर्ने धृष्टता गरे छन् : महासचिव पोखरेल,

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजावादीहरूले नेपालगञ्जस्थित विपिको सालिकमा कालोमोसो दल्ने र तोडफोड गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

 

उनले राजतन्त्र होइन, राजसंस्था पुनस्थापनाको आन्दोलनमा राप्रपा भन्नेहरूले नेपालगञ्जमा विपिको सालिकमा कालोमोसो दल्ने र तोडफोड गर्ने धृष्टता गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन्। उनले आइतबार सामाजिक सञ्जालमा लेख्दै भने, 'राजतन्त्र होइन, राजसंस्था पुनस्थापनाको आन्दोलनमा हो राप्रपा भन्नेहरुले नेपालगंजमा विपिको सालिकमा कालोमोसो दल्ने र तोडफोड गर्ने धृष्टता गरेछन्। अब आफैँ बुझ्नुहोस राजावादीहरू के चाहन्छन्?

पोखरेलले अगाडि लेखेका छन्, 'नेपालमा लोकतन्त्र र राजसंस्था संगै जान सक्दछ भन्नेहरूले पूर्वराजा ज्ञानेन्द्रको शासन बेहोर्नु परेको भए विपि पनि गणतन्त्रका पक्षमा उभिनुहुन्थ्यो। किनकि विपिको समयमा विपिभन्दा बढी नै संवैधानिक राजसंस्थाका हिमायती हुनुहुन्थ्यो गिरिजाप्रसाद कोइराला।'

राजावादीहरूले शनिबार साँझ राँके जुलुस निकालेका थिए। सोही क्रममा उनीहरूले वीपी कोइरालाको नेपालगञ्जस्थित शालिकमा हिजो साँझ कालोपोत्ने (कालो कपडाले ढाक्ने) सहितका हर्कत गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update