नेभिगेशन
समाचार

त्रिशूली अल्ट्रा रेसमा होमलाल र सुनसरी पहिलो,

नेपाल आर्मीकाद्वय होमलाल श्रेष्ठ र सुनसरी रोकाया ५५ किलोमिटर दूरीको त्रिशूली अल्ट्रा रेसमा शनिबार पहिलो भएका छन्। पुरुषमा होमलाल र महिलामा सुनसरी पहिलो भएका हुन्।

नेपाल एडभेन्चर रनिङ महासंघद्वारा आयोजित अल्ट्रा रेसमा होमलालले निर्धारित दूरी ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे। आर्मीकै गोपाल तामाङ ४ घण्टा ३५ मिनेट ५७ सेकेन्ड समयमा दोश्रो तथा सोलुखुम्बुका अर्जुन कुलुङ राई ४ घण्टा ४१ मिनेट ४० सेकेन्ड समयमा तेश्रो भए । आर्मीका तिलकबहादुर सुनवार चौथो, रुकुमका शक्तिराम रोक्का पाँचौं, त्रिशूलीका राजेश उपरकोटी छैटौं, एपीएफका राजेन्द्र तामाङ सातौं, आर्मीका जुनेश खड्का आठौं, नविल बैंकका शेर थारु नवौं र रुकुमका दुर्गाराज बुढा दसौं भए।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सहयोगमा भएको प्रतियोगिताको महिलामा सुनसरीले निर्धारित दूरी गर्न ५ घण्टा ५१ मिनेट समय खर्चिन् । ६ घण्टा १३ मिनेट २४ सेकेन्ड समय लगाएकी खोटाङकी निर्मला राई दोश्रो भइन् । तेश्रो स्थानकी नेपाल प्रहरीकी लाक्पा निमा शेर्पाले ७ घण्टा १४ मिनेट २० सेकेन्डमा दौड सकाइन् ।

पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार हात पारे । चौथोले २० हजार, पाँचौंले १० हजार र छैटौंदेखि दसौं स्थानमा आउनेले जनही ३ हजार रुपैयाँ प्राप्त गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update