नेभिगेशन
समाचार

ट्रम्पले चीन–क्यानडा–मेक्सिकोमाथि अतिरिक्त महसुल लगाएपछि सेयर बजारमा भुँइचालो

ट्रम्पले चीन–क्यानडा–मेक्सिकोमाथि अतिरिक्त महसुल लगाएपछि सेयर बजारमा भुँइचालो

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, क्यानडा र मेक्सिकोबाट आउने सामानमा अतिरिक्त महसुल लगाएपछि एसियाली सेयर बजारमा भुँइचालाे गएको छ । हप्ताको पहिलो दिनको कारोबारमा एसियामा अधिकांश प्रमुख सेयर बजार राताम्य बनेका छन् । अमेरिकाले अतिरिक्त महसुल लगाएपछि यसले पार्ने प्रभावबारे चिन्ताकासोमबारको कारोबारमा एसियामा सबैभन्दा धेरै कमी ताइवानी बजारमा देखियो । यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार मध्यान्ह ११ः३० बजे ताइवानको ताइवान वेटेड ३ दशमलव ५७ प्रतिशतको कमीसहित २२ हजार ६४४ दशमलव २३ अंकमा आएको थियो ।जापानमा निक्केई २२५ परिसूचक पनि २ दशमलव ८९ प्रतिशतले घटेर ३८ हजार ४३२ दशमलव ७४ अंकमा ओर्लिएको थियो । दक्षिण कोरियामा कोस्पी २ दशमलव ८२ प्रतिशतले घट्दै २ हजार ४५० दशमलव ९६ प्रतिशतमा समेटिँदा इन्डोनेशियामा जर्काता कम्पोजिट पनि २ दशमलव ३२ प्रतिशतले घटेर ६ हजार ९४७ दशमलव ७७ अंकमा आएको 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update