नेभिगेशन
समाचार

ट्रम्पले चीन–क्यानडा–मेक्सिकोमाथि अतिरिक्त महसुल लगाएपछि सेयर बजारमा भुँइचालो

ट्रम्पले चीन–क्यानडा–मेक्सिकोमाथि अतिरिक्त महसुल लगाएपछि सेयर बजारमा भुँइचालो

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, क्यानडा र मेक्सिकोबाट आउने सामानमा अतिरिक्त महसुल लगाएपछि एसियाली सेयर बजारमा भुँइचालाे गएको छ । हप्ताको पहिलो दिनको कारोबारमा एसियामा अधिकांश प्रमुख सेयर बजार राताम्य बनेका छन् । अमेरिकाले अतिरिक्त महसुल लगाएपछि यसले पार्ने प्रभावबारे चिन्ताकासोमबारको कारोबारमा एसियामा सबैभन्दा धेरै कमी ताइवानी बजारमा देखियो । यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार मध्यान्ह ११ः३० बजे ताइवानको ताइवान वेटेड ३ दशमलव ५७ प्रतिशतको कमीसहित २२ हजार ६४४ दशमलव २३ अंकमा आएको थियो ।जापानमा निक्केई २२५ परिसूचक पनि २ दशमलव ८९ प्रतिशतले घटेर ३८ हजार ४३२ दशमलव ७४ अंकमा ओर्लिएको थियो । दक्षिण कोरियामा कोस्पी २ दशमलव ८२ प्रतिशतले घट्दै २ हजार ४५० दशमलव ९६ प्रतिशतमा समेटिँदा इन्डोनेशियामा जर्काता कम्पोजिट पनि २ दशमलव ३२ प्रतिशतले घटेर ६ हजार ९४७ दशमलव ७७ अंकमा आएको 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update