नेभिगेशन
समाचार

बैंकक भेटवार्ता : ओली–मोदीबीच फलदायी संवाद, दुवै नेताले सामाजिक सञ्जालमार्फत जनाए सन्तोष

थाइल्याण्डको राजधानी बैंककमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता निकै फलदायी र सकारात्मक भएको छ।

उक्त उच्चस्तरीय भेटपछि दुवै नेताले सामाजिक सञ्जालमार्फत आफूहरूको सन्तोष र वार्ताको उपलब्धिबारे जनाएका छन्।
भारतीय प्रधानमन्त्री मोदीले नेपाली भाषामै ट्वीट गर्दै भनेका छन्,
"बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग फलदायी भेटघाट भयो। भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिन्छ। हामीले भारत-नेपाल मित्रताका विभिन्न पक्षहरूमा छलफल गर्यौं, विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा। हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू, विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौं।"

नेपालका प्रधानमन्त्री ओलीले पनि आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीसँगको भेट अत्यन्त आत्मीय र सार्थक रहेको उल्लेख गर्दै लेखेका छन्,
"मेरे प्रिय मित्र, प्रधानमंत्री श्री @narendramodi जी से आत्मीय भेंट हुई। हमारी बातचीत अत्यंत सार्थक और सकारात्मक रही। इस सौहार्दपूर्ण मुलाकात पर हर्ष व्यक्त करता हूँ।"

दुवै नेताबीच भएको संवादले द्विपक्षीय सम्बन्धमा थप मजबुती ल्याउने विश्वास व्यक्त गरिएको छ। ऊर्जा, भौतिक पूर्वाधार, संस्कृति, डिजिटल प्रविधि तथा क्षेत्रीय सहयोगका विविध पक्षहरूमा सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धतासमेत दुवै पक्षले व्यक्त गरेका छन्।

बैंककमा भएको यो उच्चस्तरीय भेटघाट क्षेत्रीय सहयोग र आपसी विश्वासको दृष्टिकोणले महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update