काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले रोकिएका कर्मचारीको तलबका लागि तोक लगाइदिएका छन् ।
शुक्रबार कार्यालय समय सुरु हुनासाथ गुरागाईंले कर्मचारीको तलबका लागि तोक लगाइदिएका हुन् ।
महानगरपालिकाका सहायक प्रवक्ता ध्रुव कुमार काफ्लेका अनुसार, आगामी सोमबारसम्म तलब हात पर्ने गरी गुरागाईंले शुक्रबार तोक लगाइदिएका हुन् ।
यसअघि गत पुस ७ गतेदेखि बिदामा बसेका गुरागाईँ हिजो (बिहीबार) कार्यालय हाजिर भएका थिए ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com
Subscribe our monthly newsletter.