नेभिगेशन
समाचार

दुबईबाट यात्रुलाई ल्यापटप र मोबाइल मगाएर भन्सार छली, न्युरोडमा बिक्री

दुबईबाट नेपाल आउने यात्रुहरूलाई ल्यापटप र मोबाइल मगाएर भन्सार छली गरेको आरोपमा पसल सञ्चालकसहित ७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दुबईबाट सामान मगाई पसल सञ्चालन गर्ने मोरङको विराटनगर उपमहानगरपालिका–१५ घर भई हाल जिल्ला काठमाडौँ महानगरपालिका–१४ कलंकी बस्ने ३० वर्षीय रसिद आलम रहेका छन् । त्यस्तै दुबईबाट सामान ल्याउने महोत्तरीका २८ वर्षीय राकेश गिरी, पाल्पाका ४१ वर्षीय ताराबहादुर रेस्मीमगर र पाँचथर घर भएकी ३५ वर्षीया कमला फिया तथा सामान लिने मकवानपुर घर भई काठमाडौँको सीतापाइला २६ वर्षीय चित्रबहादुर मल्ल ठकुरी, मकवानपुर घर भई सीतापाइला बस्ने २४ वर्षीय हुकुमबहादुर मल्ल र  उदयपुर घर भई हाल बौद्ध बस्ने ३१ वर्षीय सुमित केसी रहेका छन् ।

दुबईबाट नेपाल आउने यात्रुहरूलाई ल्यापटप र मोबाइल १/१ थान गरी नेपाल पठाउने र एक जना यात्रुले १/१ थान ल्यापटप र मोबाइल ल्याउँदा भन्सार छुट हुने प्रावधान रहेको छ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीकाअनुसार धेरै जना व्यक्तिहरूलाई १/१ थान ल्यापटप र १/१ थान मोबाइल ल्याउन लगाई भन्सार छली चोरी तस्करी भइरहेको भन्ने सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update