नेभिगेशन
समाचार

त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतमाथि कालोमोसो

 त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृत अंगतमणि गौतममाथि कालोमोसो दलिइएको छ। निर्वाचनको विषयमा सर्वदलीय बैठक चलिरहेको बेला नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थीहरूले उनलाई लक्षित गर्दै यस्तो कदम उठाएका हुन्।

प्राप्त जानकारीअनुसार,क्याम्पसमा जारी सर्वदलीय छलफलको क्रममा असन्तुष्ट समूहले निर्वाचन अधिकृत गौतममाथि कालोमोसो दलेका हुन्। घटनापछि क्याम्पस परिसरमा केहीबेर तनावको अवस्था सिर्जना भएको थियो।

स्ववियु निर्वाचनको तयारीलाई लिएर विद्यार्थी संगठनहरूबीच विवाद चर्किंदै गएको छ। नेविसंघले निर्वाचन प्रक्रिया निष्पक्ष नभएको भन्दै विरोध गर्दै आएको थियो। सोही क्रममा आजको बैठकमा उनीहरूले असन्तोष प्रकट गर्दै अधिकृतमाथि कालोमोसो दल्ने कार्य गरेका हुन्।

नेपाल विध्यार्थी संघले यस्तो गतिविधिले शैक्षिक वातावरणलाई अवरोध पुर्याउने  दोषीमाथि कारबाही गर्नुपर्ने माग राखेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update