तीनकुनेमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकका परिवारजनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।
बालुवाटारमा आयोजित भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै निष्पक्ष छानबिनको प्रतिबद्धता जनाए। उनले दोषी उपर कडा कारबाही गरिने आश्वासन दिँदै सुरेशको अन्त्येष्टि गर्न परिवारलाई आग्रह गरे।
प्रधानमन्त्री ओलीले शोकसन्तप्त परिवारलाई राज्यबाट आवश्यक सहयोग प्रदान गरिने बताउँदै सुरेशकी धर्मपत्नीका लागि रोजगारीको व्यवस्था गरिने पनि उल्लेख गरे।