नेभिगेशन
समाचार

रास्वपा सभापति रवि लामिछाने पुनः जिम्मेवारीमा, सरकारमाथि गम्भीर आरोप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुनः पार्टी नेतृत्वमा फर्किएका छन्। सोमबार दिउँसो चमतीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकमा लामिछानेले सभापतिको रूपमा जिम्मेवारी सम्हालेका छन्। बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले लामिछानेलाई जिम्मेवारी हस्तान्तरण गर्दै धन्यवाद ज्ञापन गरेका थिए।

पार्टी जिम्मेवारीमा फर्किएपछि सभापति लामिछानेले सरकारप्रति तीव्र असन्तोष व्यक्त गरे। उनले सरकारमाथि षड्यन्त्रको आरोप लगाउँदै भने, "सरकारको षड्यन्त्रको सिलसिला सकिएको छैन। जुनसुकै तराजुमा तौलन तयार छु। अदालतको आदेशको अपव्याख्या गरिएको छ।" उनले थपे, "दुई तिहाइको सरकारले मलाई जिउँदै छोडेको छ, यही नै मेरो जित हो।"

लामिछानेले सत्ताधारी शक्तिहरूलाई कडा चेतावनी दिँदै भने, "यो डराउँछ भन्ने लागेको होला, तर म लड्नेछु। लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ। यदि थप केही मुद्दा लगाउनु छ भने लगाओस्।" उनले पार्टीलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्,

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update