त्रिभुवन विश्वविद्यालयकाे केन्द्रीय क्याम्पस (प्रिन्सिपल कार्यालय) मा आज स्ववियु निर्वाचन हुँदैछ। चैत ५ गते हुन नसकेको निर्वाचन आज हुन लागेको हो ।
यस ६ हजार भन्दा बढी मतदाता विद्यार्थी रहेको केन्द्रीय क्याम्पसमा विद्यार्थी भोटिङ मेसिनमार्फत मतदान हुनेछ। नेविसंघको आन्तरिक विवादका कारण असन्तुष्ट समूहले तालाबन्दी गरेको थियो । त्यसपछि नेविसंघबाट दीपकराज जाेशीले स्ववियु अध्यक्षको आधिकारिक उम्मेदवार बनेका थिए भने अनाेज कार्कीको उम्मेदवारी रद्द गरिएको थियो।
त्यसपछि चैत ८ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकिएको थियो। नेविसंघकै असन्तुष्ट पक्ष कार्की समूहले अदालतमा आफ्नो उम्मेदवारी खारेज गरिएकोविरूद्धमा रिट हालेका थिए । उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कार्कीको उम्मेदवारी रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको थियो । जसले गर्दा ८ गतेको निर्वाचन समेत अनिश्चित बनेको थियो।