नेभिगेशन
समाचार

आज सार्वजनिक बिदा, इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै

सरकारले आज सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको जानकारी दिए। 

यो पर्वका लागि मुसलमान समुदायले एक महिना व्रत बसेका थिए। जसलाई ‘रोजा’ भनिन्छ। एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्ने गर्दछन्।

हाल उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४७ हो। रमजान महिना नवौं महिना हो। रमजान महिनामा नै मुस्लमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो। दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु यो महिनाको ठूलो विशेषता मानिन्छ।

ईदलाई मुस्लिम समुदायले आपसी सद्भाव र शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउने गरेका छन्।   विशेष नमाज पढिसकेपछि आफूभन्दा ठूलावडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिंदै मिष्ठान्न एवं स्वादिष्ट परिकार खाने र खुवाउने परम्परा यस पर्वमा रहेको छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update