नेभिगेशन
समाचार

ट्रम्पलाई भेट्न इजरायली प्रधानमन्त्री नेतन्याहू अमेरिका प्रस्थान

ट्रम्पलाई भेट्न इजरायली प्रधानमन्त्री नेतन्याहू अमेरिका प्रस्थान

काठमाडौं । इजरायली प्रधानमन्त्ती बेन्जामिन नेतन्याहू अमेरिकातर्फ प्रस्थान गर्नुभएको छ । वासिङटनतर्फ प्रस्थान गर्नुअघि नेतन्याहूले अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पसँगको आफ्नो भेटले शान्तिको परिधि विस्तार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । 

भ्रमणका क्रममा इजरायल र मध्यपूर्वले सामना गरिरहेका गम्भीर मुद्दा, हमासमाथिको विजय, बन्धक रिहाइमा प्राप्त सफलता र इजरायलसहित मध्यपूर्व र समस्त विश्वको शान्तिका लागि खतरा बनेको इरानी गठबन्धनको सामना लगायतका विषयमा अमेरिकी अधिकारीसँग कुरा गर्ने नेतन्याहूले बताउनुभएको छ । 

अमेरिकामा ट्रम्पले सत्ता सम्हालेयता ट्रम्पसँग औपचारिक भेटवार्ता गर्ने आफू नै पहिलो विदेशी नेता हुने बताउँदै नेतन्याहूले यो इजरायल-अमेरिका सम्बन्धको दृढता तथा दरिलो व्यक्तिगत मित्रताको प्रमाण भएको पनि उल्लेख गर्नुभयो । नेतन्याहूले मंगलबार राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्नुहुने बताइएको छ । 

दोस्रो कार्यकाल सम्हाल्नुअघि नै इजरायल र हमासबीचको गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौता गराउन ट्रम्पको विशेष भूमिका रहेको मानिन्छ । ट्रम्पले सत्ता सम्हाल्नु एक दिनअघि अर्थात् जनवरी १९ देखि कार्यान्वयनमा आएको उक्त सम्झौता अन्तर्गत हमासले चार पटक गरी आफ्नो नियन्त्रणमा रहेका १८ बन्धक रिहा गरिसकेको छ । यसको प्रत्युत्तरमा इजरायलले पनि आफ्नो जेलमा रहेका ५ सयभन्दा बढी प्यालेस्टिनी कैदी रिहा गरेको छ ।

केही दिनअघि मात्रै ट्रम्पले गाजापट्टीलाई सफा गर्ने र त्यहाँ रहेका लाखौं प्यालेस्टिनीलाई छिमेकी देशमा सार्ने भन्दै विवादास्पद अभिव्यक्ति दिएको सन्दर्भमा पनि नेतन्याहूसँग उहाँको भेटलाई महत्त्वका साथ हेरिएको छ । ट्रम्पको उक्त अभिव्यक्तिको हमासले तत्काल विरोध जनाएको थियो भने प्रमुख अरब देशहरू जोर्डन, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार र इजिप्टका विदेशमन्त्रीहरूले शनिबार एक संयुक्त वक्तव्य जारी गर्दै प्यालेस्टिनीलाई गाजाबाट बाहिर निकाल्ने वा अन्य देशमा पुनःस्थापना गर्ने कुनै पनि प्रयासलाई दृढतापूर्वक अस्वीकार गर्ने जनाएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update