१६ चैत काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार भएको हिंसात्मक आन्दोलन गर्नेहरूलाई जरिवाना तोक्न अध्ययन टोली खटाएको छ ।
महानगरपालिकाले शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग, महानगर प्रहरी बल सहितको टोली बनाएर अध्ययनथालेको मेयर बालेनको सचिवालयले जनाएको छ ।
अन्य राजनीतिक दल वा समूहले गरेको जस्तो फोहोरको मात्रै जरिबाना गरेर हुँदैन, हिजो तोडफोड भएको छ । हाम्रै दमकल फुटाइएको छ,’ नगर प्रहरी बलका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘ट्राफिक लाइट भत्काउने काम भएको छ । शहर कुरुप भएको छ । सोही अनुसार अध्ययन गरेर जरिवाना आजै गर्दैछौं ।’