नेभिगेशन
समाचार

बुद्धि नपुर्‍याएको भए हिजो गाडीभित्रै मार्ने रहेछन् : सन्तोष परियार

बुद्धि नपुर्‍याएको भए हिजो गाडीभित्रै मार्ने रहेछन् : सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले शुक्रबारको आन्दोलनमा बुद्धि नपुर्‍याएको भए गाडीभित्रै राखेर आगो लगाउने तयारीमा प्रदर्शनकारी रहेको बताएका छन् ।

उनलाई रोकेर उनी चढेको गाडीमा प्रदर्शनकारीले आगजनी गरेका थिए ।

“म संसद्बाट भक्तपुर निवास जाँदै थिएँ, बालकुमारी पुल छेउमा प्रदर्शनकारीले रोकेर गाडीमा आगो लगाए,” परियारले भने, “म बसेको ढोका लक भएको रहेछ ।

अलिकति बुद्धि नपुर्‍याएको भए भित्रै राखेर आगो लगाउने रहेछन् ।”

उनले गाडीभित्र रहेका ल्यापटपसहितका कागजात केही पनि बाहिर निकाल्न नपाएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update