नेभिगेशन
समाचार

सरकारले थाल्यो पूर्वराजालाई थुन्ने तयारी, विदेश भाग्ने भन्दै राहदानी रद्दको प्रक्रिया

सरकारले थाल्यो पूर्वराजालाई थुन्ने तयारी, विदेश भाग्ने भन्दै राहदानी रद्दको प्रक्रिया

सरकारले शुक्रबार तीनकुनेमा भएको प्रर्दशनलाई हिसांत्मक बनाउन पूर्व राजा ज्ञानेन्द्र शाहले भूमिका खेलेको भन्दै थुनामा पठाउने तयारी थालेको छ ।

प्रर्दशनकारीहरुलाई उत्तेजित बनाएर सरकारी तथा व्यक्तिको सम्पती तोडफोड र आगजनी गरेको आरोप सहित मुद्दा चलाउने तयारीमा रहेको सरकारले उनको राहदानी समेत रद्द गर्ने प्रक्रियामा छ ।

उच्च सरकारी स्रोतका अनुसार शुक्रवारको आन्दोलन हिंसात्मक आन्दोलन भएको ठहर गर्दे उनलाई कारबाहीको दायरामा ल्याउने तयारी शुरु भएको हो । सरकारले छानबिन थालेपछि ज्ञानेन्द्र शाह विदेश भाग्ने योजना बनाएको सुचना पाएको भन्दै सरकारले उनको राहदानी समेत रद्द गर्न थालेको हो ।

राजावादीको आन्दोलन चर्किने संकेतपछि पूर्वराजा ज्ञानेन्द्रलाई कारवाही गर्न नेकपा एमाले र नेपाली काँग्रेससहितका सबै दल सहमत भएका छन । यस्तोमा उनी अनुसन्धान थालिएपछि विदेश भाग्न सक्ने आशंकाले उनको पासपोर्ट रद्द गर्न प्रक्रिया शुरु भएको हो । सरकारले ज्ञानेन्द्र शाहले पूर्वराजाको हैसियतमा पाएका सुविधा समेत कटौति गर्र्र्र्नै निर्णय हिजैको मन्त्रीपरिषद बैठकमा गरेको भएपनि त्यो सार्वजनिक भईसकेको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update