नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजावादीहरूले तोडफोड गरेको एकीकृत समाजवादीको केन्द्रीय कार्यालय अवलोकन गरेका छन्।
प्रचण्डले शनिबार बिहान आलोकनगर पुगेर एकीकृत समाजवादीको क्षतिग्रस्त कार्यालय अवलोकन गरेका हुन्।
एकीकृत समाजवादीको कार्यालयमा पनि राजावादीहरुले ढुंगामुडा र आगजनी गरेका थिए।
शुक्रबार राजावादीहरूले तीनकुने क्षेत्रमा विध्वंस मच्चाएका थिए।
उग्र प्रदर्शनका क्रममा राजावादीहरूले तीनकुने क्षेत्रमा निजी घर, सञ्चारगृह, सार्वजनिक सवारी साधनमा तोडफोड र आगजनी गरेका थिए।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com
Subscribe our monthly newsletter.