नेभिगेशन
समाचार

भाटभटेनीले भन्यो– मोबाइल, घडी, बियर, महँगा ब्रान्डका रक्सी लुटपाट भयो

भाटभटेनीले भन्यो– मोबाइल, घडी, बियर, महँगा ब्रान्डका रक्सी लुटपाट भयो

काठमाडौँ ।  भाटभटेनी सुपरमार्केट्सले शुक्रबार काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा केही उच्छृङ्खल समूहले कोटेश्वरस्थित आफ्नो स्टोरमा प्रवेश गरेर विभिन्न सामग्री लुटपाट गरेको जनाएको छ । 

सो समूह एक्कासि भवनभित्र प्रवेश गरेर मोबाइल, घडी, बियर, महँगा ब्रान्डका रक्सी, कपडा, फलफूल, जुसलगायतका सयौँ वस्तु लुटपाट गरेको सीओओ पानु पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । क्षतिको मूल्याङ्कन र फुटेका सिसा केही दिनभित्रै पुनःनिर्माण गरिने जानकारी गराउँदै कोटेश्वरस्थित भाटभटेनी रातभरको सरसफाइपछि बिहानदेखि नियमित सञ्चालनमा आएको जानकारी गराउन चाहन्छु’, उनको विज्ञप्तिमा उल्लेख छ । 

एक्कासि हुलहुज्जत गरी स्टोरमा प्रवेश गरेर लुटपाट र क्षति पुर्‍याउनेहरूलाई सरकारले छिट्टै कानुनी दायरामा ल्याउनेमा भाटभटेनीले विश्वास गरेको छ  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update