नेभिगेशन
समाचार

रवीन्द्र मिश्र, धवल शमशेर र स्वागत नेपालसहित ५ जना पक्राउ

प्रहरीले रवीन्द्र मिश्र, धवल शमशेर राणा सहित ५ जना नेताहरूलाई पक्राउ गरेको छ।

काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शन उग्र रूप लिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले जानकारी दिए।

पक्राउ पर्नेमा मिश्र, राणा, स्वागत नेपाल, सन्तोष तामाङ र लिम्बू थर गरेका एक जना रहेको डिआइजी आचार्यले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update